माओवादी महासचिवका दावेदार वर्षमान पुन भोलि नेपाल फर्किने

नेकपा माओवादी केन्द्रका महासचिवका दाबेदार वर्षमान पुन मंगलबार स्वदेश फर्किने भएका छन् । जन्डिसको उपचारका लागि चीनमा रहेका उनी मंगलबार नेपाल फर्किने केन्द्रीय समिति बैठकपछि नवनिर्वाचित अध्यक्ष प्रचण्डले सञ्चारकर्मीहरूलाई जानकारी गराए । उनले पदाधिकारी पुनकै सहभागिता समेतमा छानिने सो क्रममा बताए ।
‘वर्षमान पुन भोलि डिस्चार्ज हुनुहुन्छ । पुन र ओनसरी घर्ती पार्टीका नेताहरु हुनुहुन्छ । उहाँहरुको उपस्थितिमै पदाधिकारी चयन गर्दा ठीक हुन्छ भन्ठानेर नै २५ गतेसम्मका लागि बैठक स्थगित गरेको हो। उहाँहरूकै सहभागितामा बाँकी पदाधिकारी पनि चयन हुन्छ’, प्रचण्डको भनाइ थियो ।
पुनले पार्टी महासचिवका रुपमा आफ्नो दावी पेश गर्दै आएका छन् भने सशक्त दाबेदारका रुपमा अर्का नेता जनार्दन शर्मा पनि अगाडि आएका छन् । पुन र शर्माबीच महासचिवमा रस्साकस्सी हुँदै गर्दा प्रचण्डले देव गुरुङलाई समेत महासचिवको रुपमा अघि सारेका छन् ।
महासचिवमा सहमति हुन नसक्दा सोमबारको केन्द्रीय कमिटी बैठकबाट पदाधिकारी चयन हुन सकेन । बैठकले प्रचण्डलाई अध्यक्षमात्रै घोषणा गर्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहलगाम आतङ्कवादी हमलाको जसपा नेपालद्वारा निन्दा, क्षेत्रीय शान्तिका लागि संवादको आग्रह
-
सगरमाथा संवादको अन्तिम तयारीमा छौँ : परराष्ट्रमन्त्री
-
सोलुखुम्बु र ओखलढुङ्गाको पर्यटन प्रवर्द्धनका लागि ‘स्पार्क एडेभेञ्चर’
-
कर्णाली नदीमा डुबेर दुई किशोर बेपत्ता
-
एमालेभित्र गुटगत प्रतिशोधले झडपका शृङ्खला, निसानामा नेताका टाउका !
-
गोदावरीमा जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण