बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

तिलोत्तमा व्यापार महोत्सव १३ माघदेखि

सोमबार, १९ पुस २०७८, १७ : ३०
सोमबार, १९ पुस २०७८

आगामी १३ माघमा ‘तिलोत्तमा व्यापार महोत्सव हुने भएको छ । तिलोत्तमा चेम्बर अफ कमर्श, रूपन्देहीले १३ देखि २४ माघसम्म औद्योगिक, कृषि, पर्यटन तथा व्यापार महोत्सव आयोजना गर्न लागेको हो । संघले सोमबार पत्रकार सम्मेलन आयोजना गरी महोत्सवको तयारी बारे जानकारी दिएको हो ।

‘व्यावसायिक दक्षता अभिवृद्धि र स्वरोजगारी सुदृढ आर्थिक विकासका निम्ति व्यापार विस्तार’ भन्ने नाराका साथ तिलोत्तमा–५ मणिग्राममा दोस्रो पटक महोत्सव आयोजना गर्न लागेको संघका अध्यक्ष बाबुलाल भुसालले बताए । तिलोत्तमालाई राष्ट्रिय व्यापारिक केन्द्रको रूपमा विकास गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरेको उनले बताए ।

कोरोना महामारीका कारण दुई वर्षयता मेला आयोजना हुन सकेको थिएन । ‘निकासीयोग्य वस्तुको पहिचान एवं बजार प्रवर्द्धनमा सहयोग पुर्‍याउने, वैदेशिक लगानीका सम्भावना पहिचान गरी त्यसका लागि आवश्यक वातावरण निर्माण महोत्सवमा गरिने छ । उनले भने ।

महोत्सवमा १० करोड रूपैयाँ बराबरको आर्थिक कारोबार र दुई लाख दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान छ । महोत्सवमा राष्ट्रिय उत्पादन तथा सेवाहरुको प्रदर्शन, व्यावसायीक स्टलहरू, आईटी प्रदर्शनी, आकर्षक कृषि परिसर रहने अध्यक्ष भुसालले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप