हिमालयन शेर्पा पाँचौ स्थानमा उक्लियो
![हिमालयन शेर्पा पाँचौ स्थानमा उक्लियो](https://rpcdn.ratopati.com/media/albums/1043634709himalayan_shrpa_yr3WaClgZ6.jpeg)
नवप्रवेशी सातदोबाटो युथ क्लबलाई हराउँदै हिमालयन शेर्पा सोमबार सहिद स्मारक ए डिभिजन लिगको पाँचौ स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार सम्पन्न खेलमा हिमालयन शेर्पाले सातादोबाटोमाथि १–० को साँघुरो जित निकाल्दै स्थान सुधार गरेको हो । ४५औं मिनेटमा विश्वास श्रेष्ठले गरेको पेनाल्टी गोल नै हिमालयनलाई तीन अंक जोड्न पर्याप्त बन्यो । यो जितपछि हिमालयन शेर्पा नवौँ स्थानबाट पाँचौ स्थानमा उक्लिन सफल भएको हो । सातादोबाटोका मार्टिन एलडेल्फी सिलोले त्रिदेव गुरुङलाई लडाएपछि हिमालयनले पेनाल्टीको अवसर पाएको थियो ।
यससँगै सात खेल खेलेका हिमालयन शेर्पाको ११ अंक भएको छ । यसअघि १०औं मिनेटमा मिडफिल्डर सुरेश कुमालको प्रहार सातदोबाटोका गोलकिपर अभिषेक बरालले सहजै नियन्त्रणमा लिएका थिए । २६औं मिनेटमा सातदोबाटोका मानबहादुर तामाङको प्रहार हिमालयका मुतम्बा पिस्टोनले हेडरमार्फत क्लियर गरे । ३७औं मिनेटमा मानबहादुरको सट हिमालयका गोलकिपर दिप कार्कीले विफल पार्दा सातदोबाटो अग्रता लिनबाट चुकेको थियो । सातदोबाटोको भने सामान खेलमा आठ अंक छ ।
इन्जुरी समयको अन्तिम मिनेटमा सातदोबाटोले खेलमा फर्कने अवसर पाए पनि त्यसको सदुपयोग भने गर्न सकेन । सातदोबाटोका मार्टिनको प्रहार हिमालयनका गोलकिपर दिप कार्कीले उत्कृष्ट बचाउ गरे । मार्टिनलाई हिमालयनका अमित श्रेष्ठले लडाएपछि सातदोबाटोले पेनाल्टीको अवसर पाएको थियो ।
यससँगै जारी लिगमा सातौं चरणका खेल पनि सकिएका छन् । सातौं चरणको खेल पश्चात मच्छिन्द्र क्लबले शीर्षता कायम गर्दा मनाङ मस्र्याङ्दी एक अंकले पछि रहँदै दोस्रो स्थानमा छ । संकटा १३ अंकका साथ तालिको तेस्रो स्थानमा अटाउँदा आर्मी ११ अंकका साथ चौथो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : रविविरुद्ध ३ मुद्दादेखि घट्यो दाल, चामल, तेल र चिनीको बजार भाउसम्म
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा