शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

पृथ्वी जयन्तीमा सार्वजनिक विदा नदिए राप्रपाले विरोध प्रदर्शन गर्ने

सोमबार, १९ पुस २०७८, १७ : ०६
सोमबार, १९ पुस २०७८

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा पुस २७ गते सार्वजनिक विदा दिन माग गरिरहेको राप्रपाले विदा नदिए विरोध प्रदर्शन गर्ने जनाएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङदेनको उपस्थितिमा सोमबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सम्पन्न उपत्यकाका अगुवा कार्यकर्ताहरुको भेलाले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस समारोह कार्यक्रम व्यवस्थापन समिति समेत गठन गरेको छ । 

पार्टीका वागमती प्रदेश अध्यक्ष विक्रम बहादुर थापाको संयोजकत्वमा गठित व्यवस्थापन समितिमा उपत्यकाका केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष, क्षेत्रीय अध्यक्ष, प्रदेशसभा निर्वाचन कार्य समिति अध्यक्ष र नगर कार्य समिति अध्यक्षहरू सदस्य तथा सदस्य सचिवमा ललितपुर जिल्ला कार्य समिति अध्यक्ष अष्टलाल महर्जन रहेको राप्रपाका महामन्त्री भुवन पाठकले जानकारी दिए । 

पुस २७ गतेलाई सार्वजनिक विदाको माग गर्दै पार्टी अध्यक्ष राजेन्द्र लिङदेनको नेतृत्वमा गएको टोलीले आइतबार प्रधानमन्त्री शेर बहादुर देउवालाई भेटी ज्ञापनपत्र बुझाएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप