पृथ्वी जयन्तीमा सार्वजनिक विदा नदिए राप्रपाले विरोध प्रदर्शन गर्ने
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा पुस २७ गते सार्वजनिक विदा दिन माग गरिरहेको राप्रपाले विदा नदिए विरोध प्रदर्शन गर्ने जनाएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङदेनको उपस्थितिमा सोमबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सम्पन्न उपत्यकाका अगुवा कार्यकर्ताहरुको भेलाले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस समारोह कार्यक्रम व्यवस्थापन समिति समेत गठन गरेको छ ।
पार्टीका वागमती प्रदेश अध्यक्ष विक्रम बहादुर थापाको संयोजकत्वमा गठित व्यवस्थापन समितिमा उपत्यकाका केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष, क्षेत्रीय अध्यक्ष, प्रदेशसभा निर्वाचन कार्य समिति अध्यक्ष र नगर कार्य समिति अध्यक्षहरू सदस्य तथा सदस्य सचिवमा ललितपुर जिल्ला कार्य समिति अध्यक्ष अष्टलाल महर्जन रहेको राप्रपाका महामन्त्री भुवन पाठकले जानकारी दिए ।
पुस २७ गतेलाई सार्वजनिक विदाको माग गर्दै पार्टी अध्यक्ष राजेन्द्र लिङदेनको नेतृत्वमा गएको टोलीले आइतबार प्रधानमन्त्री शेर बहादुर देउवालाई भेटी ज्ञापनपत्र बुझाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण