शुक्रबार, १४ मङ्सिर २०८१
ताजा लोकप्रिय

क्रसहोल्ड सेयर रहेका लघुवित्त गाभिनैपर्ने, असार मसान्तसम्म म्याद

सोमबार, १९ पुस २०७८, १७ : ०४
सोमबार, १९ पुस २०७८

क्रस होल्ड सेयर रहेका लघुवित्त संस्थाहरू अनिवार्य मर्जरमा जानुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार एकीकृत निर्देशन जारी गर्दै क्रस होल्ड सेयर रहेका लघुवित्त मर्जर बाध्यकारी बनाएको हो । 

विभिन्न बैंक तथा वित्तीय संस्थाको क्रस होल्ड सेयर रहेका लघुवित्त संस्थाहरू २०७९ असार मसान्तभित्र मर्ज भइसक्नुपर्नेछ । वाणिज्य र विकास बैंक तथा फाइनान्स कम्पनीको १० प्रतिशतभन्दा धेरै सेयर स्वामित्व रहेका लघुवित्त संस्थाहरूका हकमा अब मर्जर बाध्यकारी बनाइएको हो । 

केन्द्रीय बैंकले मर्जरका लागि आवश्यक कार्ययोजना बुझाउन पनि निर्देशन दिएको छ । ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाको ५१ प्रतिशतभन्दा बढी सेयर स्वामित्व लिएका लघुवित्त वित्तीय संस्थाहरूले पनि यस्तो कार्ययोजना बुझाउनुपर्नेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप