कालापानी क्षेत्रमा भारतीय गभर्नरको भ्रमणप्रति जनमोर्चाको आपत्ति
राष्ट्रिय जनमोर्चाले भारत उत्तराखण्ड राज्यका राज्यपाल (गभर्नर) ले नेपालको दार्चुलास्थित कालापानी क्षेत्रका नाभी, कुटी, गुञ्जीको भ्रमण गरेको समाचारप्रति गम्भीर आपत्ति प्रकट गरेको छ । अध्यक्ष चित्रबहादुर केसीले सोमबार विज्ञप्ति जारी गर्दै कालापानी क्षेत्रका उक्त गाउँहरु नेपालको सार्वभौमिकताभित्र पर्ने भएपनि नेपालको अनुमति विना भारतीय अधिकारीले गरेको भ्रमणले नेपालको सार्वभौमिकता तथा अखण्डतालाई भारतले ठाडै चुनौति दिएको जनाएका छन् ।
‘त्यसबारे नेपाल सरकार अहिलेसम्म मौन रहेकोमा उक्त घटनाको सत्यतथ्य बाहिर ल्याउन र त्यसबारे आफ्नो धारणा सार्वजनिक गर्न माग गर्दछौं’, जनमोर्चाले भनेको छ । उत्तराखण्ड राज्यका गभर्नरले उक्त क्षेत्रमा गई विगतमा भारतले नेपाली भूमि अतिक्रमण गरी निर्माण गरेको सडकको पनि निरिक्षण गरेको कुरा समाचार माध्यममा आएको भन्दै जनमोर्चाले त्यसको समेत घोर विरोध तथा भर्त्सना गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरती रावल पुर्पक्षका लागि थुनामा
-
‘जान्नेलाई छान्ने’ बाचा, ‘आफ्नालाई तान्ने’ बाटोमा सरकार
-
बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण