माओवादीको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक सुरु
सोमबार, १९ पुस २०७८, १६ : ४२
काठमाडौँ । नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । केही बेर अघि नवनिर्वाचित केन्द्रीय कमिटीका सदस्यहरूको शपथ ग्रहण सम्पन्न भएसँगै केन्द्रीय कमिटीको पहिलो बैठक बसेको हो ।
बैठकको सुरुवातमा जनयुद्ध, जनआन्दोलन लगायत विभिन्न आन्दोलनमा सहादत प्राप्त गरेका सहिदप्रति सम्मान गर्दै एक मिनेट मौन धारण गरिएको थियो । बैठकमा माओवादी केन्द्रको केन्द्रीय कमिटीको पदाधिकारी निर्वाचनबारे छलफल गर्ने र राष्ट्रियसभा निर्वाचनमा उम्मेदवारी दिनका लागि केही नेताको नाम समानुपातिक तर्फको बन्दसत्रबाट हटाउने विषयमा छलफल गर्ने र आवश्यक निर्णय गर्ने एजेण्डा छ ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जान्नेलाई छान्ने’ बाचा, ‘आफ्नालाई तान्ने’ बाटोमा सरकार
-
बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
