माओवादीको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक सुरु
सोमबार, १९ पुस २०७८, १६ : ४२

काठमाडौँ । नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । केही बेर अघि नवनिर्वाचित केन्द्रीय कमिटीका सदस्यहरूको शपथ ग्रहण सम्पन्न भएसँगै केन्द्रीय कमिटीको पहिलो बैठक बसेको हो ।
बैठकको सुरुवातमा जनयुद्ध, जनआन्दोलन लगायत विभिन्न आन्दोलनमा सहादत प्राप्त गरेका सहिदप्रति सम्मान गर्दै एक मिनेट मौन धारण गरिएको थियो । बैठकमा माओवादी केन्द्रको केन्द्रीय कमिटीको पदाधिकारी निर्वाचनबारे छलफल गर्ने र राष्ट्रियसभा निर्वाचनमा उम्मेदवारी दिनका लागि केही नेताको नाम समानुपातिक तर्फको बन्दसत्रबाट हटाउने विषयमा छलफल गर्ने र आवश्यक निर्णय गर्ने एजेण्डा छ ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यमनको इन्धन बन्दरगाहमा अमेरिकी आक्रमण : मृत्यु हुनेको सङ्ख्या ७४ पुग्यो
-
समाजवादी ट्रेड युनियन महासंघको महाधिवेशन हुँदै
-
दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु
-
सीके राउतको गेम : श्रीमानविरुद्ध उजुरी, श्रीमतीलाई कुर्सी
-
माल्टामा क्यासियर काम गर्दै आएका सरुनलाई अन्तर्राष्ट्रिय बडीबिल्डिङ प्रतियोगितामा उत्कृष्ट सफलता
-
शुभयात्रा कलेक्सनको आउटलेट विस्तार