शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

९ खेलाडी प्रशिक्षणमा उपस्थित भएनन्

बाँकी खेलाडीले आज साँझसम्म रिपोर्टिङ गर्छन् : मुख्य प्रशिक्षक पुबुदु
सोमबार, १९ पुस २०७८, १६ : ३१
सोमबार, १९ पुस २०७८

आगामी फेब्रुअरीमा ओमानमा हुने आइसिसी ट्वान्टी– २० विश्वकप ग्लोबल छनोटको लागि नेपाल क्रिकेटसंघ (क्यान) ले ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो । यस अघि क्यानले चार खेलाडीलाई कारबाही गरेपछि गिजलिएको क्यान र खेलाडीको विवाद अहिले प्रशिक्षणमा देखिएको छ । क्यानले  डाकेका ३० खेलाडी मध्ये पहिलो दिन केही १६ खेलाडी उपस्थित हुँदा कारबाहीमा परेका चारसहित ९ खेलाडी प्रशिक्षणमा उपस्थित भएनन् ।

नेपाली क्रिकेटले जस्तो उचाइ पाएको थियो त्यो उचाइमा अहिले विभिन्न टिका टिप्पणी हुन थालेका छन् । केही साता अघि मात्र नेपाल क्रिकेट संघ (क्यान) ले खेलाडी अनुशासन भन्दा बाहिर गए भन्दै गरेको कारबाही अहिले क्रिकेटको अभिभावक संस्था क्यानलाई नै गलाको पासो भएको छ । यद्यपि क्यान आफ्नो निर्णयमा अडिग नै छ ।

कारबाही भएपछि क्यानले फेब्रुअरीमा ओमानमा हुने आइसिसी ट्वान्टी– २० विश्वकप ग्लोबल छनोटको लागि चार खेलाडी सहित ३० खेलाडी फेहरिस्त तयार पारेर बन्द प्रशिक्षणमा डाक्यो । सोमबार मैदानबाट अभ्यास थाल्ने तयारी गरेको टोलीमा १६ खेलाडी उपस्थित हुँदा कारबाहीमा परेका चारसहित ९ खेलाडी प्रशिक्षणमा उपस्थित भएनन् ।

सन्दीप लामिछाने विग ब्यासमा भएकाले उनको उपस्थिति सम्भव भएन ।  घोषणा गरेका मध्ये पहिलो दिन अभ्यासमा १६ खेलाडी उपस्थित भएको र अन्य केही दिनमा जोडिने नेपाल टोलीका मुख्य प्रशिक्षक पुबुदुले बताए ।

बाँकी ६ जना खेलाडी पीसीआर परीक्षण बाँकी रहेकाले होटल रहेका छन् । बाँकी नौ खेलाडीले आज साँझसम्म रिपोर्टिङ गर्ने मुख्य प्रशिक्षक पुबुदु दसानायिकले जानकारी दिए । सोमबार पत्रकारसँग बोल्दै टोलीका प्रशिक्षक पुबुदुले क्रिकेट एसोसिएसन र खेलाडीबीचको छलफल निकै सकारात्मक भएको र राष्ट्रिय टोलीको तयारी भएकाले बोलाएका खेलाडी उपस्थित हुनेमा आशावादी रहेको बताए ।

दशानायकेले पछिल्लो समय बोर्डले आफूलाई निकै सहयोग गरेको भन्दै पछिल्लो समस्याको समाधान हुने विश्वास व्यक्त गरे । प्रशिक्षक पुबुदुले कप्तान सन्दीप लामिछाने नै रहेको भन्दै अहिले विधागत कप्तानको कुरा आफूलाई जानकारी नभएको बताए । पहिलो दिनको अभ्यासमा उपस्थित खेलाडीले फिटनेस लागि अभ्यास गरेका गरे ।

ट्वान्टी–२० विश्वकपको ग्लोबल छनोट अन्तर्गत समूह ए को खेल सन २०२२ फेब्रुअरी १५ देखि २५ सम्म ओमानमा आयोजना हुनेछ । समूह ए मा नेपालसँगै आयोजक ओमान, आयरल्यान्ड, युएई, फिलिपिन्स, जर्मनी, क्यानडा र बहराइन  रहेका छन् । समूहको शीर्ष दुई टोलीले अस्ट्रेलियामा हुने ट्वान्टी–२० विश्वकपमा स्थान बनाउनेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप