मुक्तिनाथ विकास बैंक १६ औं वर्षमा, विभिन्न कार्यक्रम आयोजना
१६ औं वर्षमा प्रवेश गरेको अवसरमा मुक्तिनाथ विकास बैंक लिमिटेडले विभिन्न कार्यक्रम आयोजना गरेको छ । वार्षिकोत्सव अवसरमा बैंकले केन्द्रीय कार्यालयबाटै डिजिटल माध्यमद्वारा एकसाथ ३२ वटा शाखा उद्घाटन गरेको छ ।
बैंकले प्रदेश नम्बर १ मा चारवटा, प्रदेश नम्बर २ मा तीनवटा, बाग्मती प्रदेशमा १३ वटा, गण्डकी प्रदेशमा दुईवटा, लुम्बिनी प्रदेशमा पाँचवटा र सुदूरपश्चिम प्रदेशमा दुईवटा शाखा कार्यालयहरूको शाखा औपचारिक रूपमा उद्घाटन गरेको हो । शाखा उद्घाटन बैंकका अध्यक्ष भरतराज ढकालले गरेका हुन् ।
अध्यक्ष ढकालले सदैव गुणस्तरीय सेवा प्रदान गर्दै अघि बढ्ने र विभिन्न वित्तीय तथा गैरवित्तीय सेवाको माध्यमद्वारा देशको अर्थतन्त्र र आवश्यकतामा बैंकले पनि योगदान दिने प्रतिबद्धता व्यक्त पनि व्यक्त गरे । सो कार्यक्रममा बैंकका वर्तमान सञ्चालकहरु, पूर्व सञ्चालकहरु, संस्थापक सेयरधनी, तथा बैंकका उच्च पदाधिकारीहरु र शाखा प्रबन्धकहरू उपस्थित थिए ।
साथै, बैंकले देशका सातै प्रदेशका क्षेत्रीय तथा शाखाहरू मार्फत संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमहरू पनि गरेको छ । जसमध्ये विद्यालयमा स्टेशनरीका सामग्रीहरू तथा फर्निचर वितरण, विभिन्न अनाथालय तथा वृद्धाश्रममा खाद्यान्न तथा लत्ताकपडा वितरण, विभिन्न ठाउँहरूमा डस्टबिन वितरण, वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ्ग साक्षरताका कार्यक्रम, विद्यार्थीहरूलाई न्यानो कपडा, स्कूल ब्याग वितरण, विद्यालयका पुस्तकालयलाई बस्ने कुर्सी सहयोग र विभिन्न संस्थालाई आर्थिक सहयोग गरेको हो ।
यसैगरी बैंकका क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालयहरूले वृहत रक्तदान कार्यक्रम सञ्चालन गरेका छन् । बैंकले काठमाडौंस्थित केन्द्रीय कार्यालय कमलादी र पोखरा क्षेत्रीय कार्यालयमा वृहत रक्तदान कार्यक्रम सञ्चालन गरेको हो । ती स्थानबाट २०२ पोका रगत संकलन गरेको बैंकले जानकारी दिएको छ । वार्षिकोत्सव अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत १० लाख रुपैयाँभन्दा बढी सहयोग गरिएको बैंकको दाबी छ ।
बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभर रहेका भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकका एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था पनि मिलाएको छ । त्यसैगरी मोबाइल बैंकिङ्ग, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ्ग, खातामै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) लगायत सेवाहरू बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री ओली र चीनका राष्ट्रपतिबिच भेट तयदेखि सर्वोच्च र उच्च अदालतमा न्यायाधीश नियुक्तिमा अलमलसम्म
-
पशुपति क्षेत्रमा माछामासु, मदिरा र नशालु पदार्थ प्रतिबन्ध
-
रवि लामिछानेलाई भद्रकाली स्थित काठमाडौँ प्रहरीको हिरासतमा राखियो
-
दुर्गा प्रसाईँ हरिसिद्धी अस्पतालमा भर्ना
-
पूर्वी युगान्डामा भूस्खलन, १३ जनाको मृत्यु, ४० घर पुरियो
-
पशुपतिमा बत्ती बाल्न र सद्बिज छर्न कुनै शुल्क नलाग्ने