बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

खुल्यो मुद्रा कन्सल्ट, वित्तीय परामर्श दिने

सोमबार, १९ पुस २०७८, १६ : ०८
सोमबार, १९ पुस २०७८

वित्तीय क्षेत्रका सबै सेवा उपलब्ध गराउने र सेवाग्राहीलाई सूचनामा आधारित निर्णय लिन सघाउने उद्देश्यसहित वित्तीय परामर्शदाता कम्पनी ‘मुद्रा कन्सल्ट’ स्थापना गरिएको छ । काठमाडौं कमलपोखरीस्थित कार्यालयबाट जनवरी १ देखि कन्सल्टले सेवा सञ्चालन थालेको हो । 

कम्पनीले व्यवसाय वृद्धि निम्ति वित्तीय संस्थाबाट सेवा लिन आवश्यक कागजात तयार गरिदिने, सुलभ, सरल र सहज रूपले विभिन्न विकल्पसहित परामर्श उपलब्ध गराउने कन्सल्टका सञ्चालक माधवप्रसाद चम्लागाईंले जानकारी दिए । उनका अनुसार झन्झटिलो बैङ्किङ प्रकृयाका कारण कागजात नपुगेर भौंतारिरहेका सेवाग्राहीलाई परामर्श दिने तथा कागजात तयार गर्न कन्सल्टले सहजीकरण गर्नेछ । 

‘वित्त क्षेत्रमा सेवाग्राहीले स–साना कामका लागि धेरै दुःख खेप्नुपर्ने अवस्थालाई सरल र सहज ढङ्गले सम्पूर्ण सेवा प्रदान गर्नका लागि मुद्रा कन्सल्ट खोलिएको हो । विस्तृत बजार अनुसन्धान, अनुभवी सेवा सल्लाहकार र सेवाग्राहीको आवश्यकतालाई बुझेर मुद्रा कन्सल्टले सेवा प्रदान गर्छ,’ चम्लागाईंले भने, ‘प्रविधिमैत्री नयाँ पुस्ताले घरमै बसी सेवा लिनसक्ने वातावरण बनाउने हाम्रो प्रयास हुनेछ ।’

अडिटिङ, कागजात तयार, वित्तीय परामर्श तथा बैंक एवं वित्तीय संस्थाहरूसँग सहकार्य गरी सेवाग्राहीको आवश्यकता अनुसारका सेवासुविधा सर्वसुलभ ढंगले प्राप्त गर्ने सुनिश्चितता प्रदान गरिने पनि चम्लागाईंले दाबी गरेका छन् । उनका अनुसार व्यापार प्रक्षेपण अथवा अनुमान र सम्भाव्यता विश्लेषण तयारीको कामसमेत मुद्रा कन्सल्टले गर्छ ।

कन्सल्टले आफ्ना सेवाग्राहीलाई लामो समयसम्म सेवा उपलब्ध गराउने पनि जानकारी दिएको छ । प्रविधिमैत्री ढंगले विज्ञहरूमार्फत सबै काम गर्ने भएकाले हामीसँग जोडिएका सेवाग्राहीले घरमै बसीबसी सेवा पाउने वातावरण बनाउन खोजिरहेको पनि विज्ञप्तिमा उल्लेख गरेको छ । 

मुद्राले आगामी दिनमा वित्तीय साक्षरता सम्बन्धी काम गर्दै वित्तीय साक्षरता बढाउने योजना बनाइरहेको समेत चम्लागाईंले जानकारी दिए । उनले भने, ‘प्रविधिमैत्री सेवा सुविधा उपलब्ध गराउने योजना अनुरूप निकट भविष्यमा नै मुद्राले नियमित सेवाग्राहीलाई महत्वपूर्ण कागजात राख्ने गरी आर्काइभ सुविधासमेत दिनेछ । केही सेवाहरू मुद्रा कन्सल्ट डट कममार्फत शुरु भइसकेको छ । अन्य सेवाहरुको लागि थप काम भइरहेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप