आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसमा रामचन्द्र पौडेलले पाए देउवापछिको वरियता

सोमबार, १९ पुस २०७८, १५ : ५८
सोमबार, १९ पुस २०७८

नेपाली काँग्रेसमा रामचन्द्र पौडेललाई दोस्रो वरियता दिइएको छ । सभापति शेरबहादुर देउवाको मनोनयनमा परेका पौडेललाई दोस्रो वरियता दिइएको हो । यसअघि १४ औँ महाधिवेशन प्रक्रियामा सहभागी नभएका पौडेललाई देउवाले मनोनयन गरेका थिए भने सोमबारको केन्द्रीय समिति बैठकमा उनलाई दोस्रो वरियतामा देउवाले राखेका हुन् ।

उनले महाधिवेशनका बेला राजनीतिबाट सन्यास नै लिनेसम्मको धारणा सार्वजनिक गरेका थिए भने पछि फेरि युटर्न हुँदै राजनीतिमा सक्रिय रहिरहने बताएका थिए । पौडेलपछि पदाधिकारीहरुको वरियता रहेको छ भने त्यसपछि पूर्वपदाधिकारी, शेखर कोइरालाको रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप