बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभाका १९ सिटमै उम्मेदवारी दिने एमालेको तयारी, केहीबेरमा उम्मेदवार छान्ने

सोमबार, १९ पुस २०७८, ०६ : ००
सोमबार, १९ पुस २०७८

नेकपा एमालेले आगामी माघ २० गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा १९ सिटमै उम्मेदवारी दिने भएको छ । निर्वाचन आयोगले फागुन २० गतेबाट रिक्त हुन लागेका राष्ट्रियसभाका २० मध्ये १९ सिटमा माघ १२ गते निर्वाचन गर्दैछ । त्यसका लागि निर्वाचन आयोगले पुस २० गते अर्थात मंगलबार उम्मेदवारी मनोनयन गर्न समय तोकेको छ । 

नेकपा एमाले केन्द्रीय कार्यालयका सचिव भीष्मराज अधिकारीले १९ सिटमै उम्मेदवारी दिने जानकारी दिए । ‘एमालेले १९ वटै सिटमा उम्मेदवारी दिन्छ’, अधिकारीको भनाइ छ । एमाले  नेताहरुका अनुसार आइतबार बसेको एमाले केन्द्रीय सचिवालयले १९ सिटमै उम्मेदवारी दिने निर्णय गरेअनुसार उम्मेदवारहरूको टुङ्गो लगाउन तुलसीलाल अमात्य प्रतिष्ठानमा शीर्ष नेताबीच अहिले छलफल जारी छ । छलफलपछि क–कसलाई उम्मेदवार बनाउने भन्ने टुङ्गो लाग्ने छ । 
राष्ट्रियसभा निर्वाचनका लागि सोमबार मात्रै ५ दलीय सत्ता गठबन्धनले मिलेर चुनाव लड्ने गरी सिट बाँडफाँड गरेका छन् । जसमा काँग्रेसले ६, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले पाँच पाँच, जनता समाजवादीले २ र राष्ट्रिय जनमोर्चाले एक सिटमा उम्मेदवारी दिनेगरी भागबण्डा गरेका छन् । सातै प्रदेशमा गठबन्धन मिल्दा एमालेलाई चुनाव जित्न कठिन हुने देखिन्छ ।

रिक्त हुने १९ मध्ये हाल एमालेका मात्रै ८ सिट छन् । एमालेबाहेक माओवादी केन्द्र र एकीकृत समाजवादीका चार÷चार, काँग्रेसका तीन र मनोनीत एक सांसदको पद पनि रिक्त हुदैछ  । गठबन्धन मिल्दा एमालेलाई ती सिट जोगाउन मात्रै पनि एमालेलाई कठिन हुने देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप