नेप्से परिसूचक २६ सय अंकमा पुग्यो, कुन कम्पनीका लगानीकर्ताले कमाए ?
सोमबार, १९ पुस २०७८, १५ : २९

आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३२.०३ अंकले बढेको छ । १.२४ प्रतिशतले बढेसँगै नेप्से परिसूचक २६ सय १६ अंकमा पुगेर रोकिएको छ । आज नेप्सेको कारोबार २५ सय ८४ अंकबाट सुरू भएको थियो ।
यसक्रममा आज तीन अर्ब ७८ करोड ५६ लाख रुपैयाँ बराबरको ६७ लाख ९० हजार कित्ता सेयर खरिद बिक्री भएको छ । नेप्सेमा दोहोरो अंकको सुधार आउँदा मध्य भोटेकोसी जलविद्युत कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले सुधार आएको छ । कम्पनीको सेयर मूल्य १६ रुपैयाँले बढ्दै प्रतिकित्ता १७७ रुपैयाँ पुगेको छ ।
यस्तै, आज नेप्सेमा हिमालयन डिस्टिलरीको सेयर सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको आजै २८ करोड रुपैयाँ मूल्य बराबरको सेयर कारोबार भएको हो । यसपछि अपी पावर कम्पनीको सेयर मूल्य १८ करोड २९ लाख रुपैयाँको कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्प ट्यारिफले तेलको भाउ घट्यो, पुटिनमाथि बढ्यो दबाब
-
लागुऔषध ट्रामाडोलसहित नागढुंगाबाट एकजना पक्राउ
-
नेपाल वैदेशिक रोजगार व्यवसायी संघ स्थापनाको ३२ वर्षपछि आफ्नै भवनमा
-
पूर्वराष्ट्रपति वा उपराष्ट्रपति राजनीतिमा फर्किने कार्य उपयुक्त होइन : माधव नेपाल
-
सर्लाहीमा दलित – गैरदलितको सहकार्यमा सीताराम महायज्ञ
-
चितवन महिला मोटर र्याली तथा नेपाल अटो जिमखान सम्पन्न