बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मानव बेचविखन मुद्दाका फरार आरोपी ३० वर्षपछि पक्राउ

सोमबार, १९ पुस २०७८, १५ : ०७
सोमबार, १९ पुस २०७८

मानव बेचविखन मुद्दाका फरार आरोपी नुवाकोट सूर्यगढी गाउँपालिका–२ घर भएका ५० वर्षीय टेकबहादुर लामिछानेलाई प्रहरीले ३० वर्षपछि पक्राउ गरेको छ । पुस ११ मा उनलाई काठमाडौंको तारकेश्वर नगरपालिका–४ लोलाङ हाईटबाट पक्राउ गरिएको मानव बेचविखन अनुसन्धान ब्यूरोले जनाएको छ ।

काठमाडौं नयाँबजार डेरा गरी बस्ने महिलाको श्रीमान बिरामी भएर अस्पतालमा बसेको मौकामा टेकबहादुरले उनलाई ‘श्रीमती बनाउँछु, दुःख गर्नुपर्दैन’ भनेर ललाई फकाई २०४९ जेठ ३० मा काँकडभिट्टा हुँदै भारतको नयाँदिल्ली लगेर बेचेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । दिल्लीमा लगेर उनले पीडितलाई दुईजना महिलालाई ३५ हजार लिएर जिम्मा लगाएका थिए ।

आफु बेचिएको थाहा पाएपछि ती महिला २०४९ असार १६ मा भागेर नेपाल आउन सफल भएकी थिइन् । २०४९ कात्तिक २६ मा पीडितले टेकबहादुर विरुद्ध जिल्ला प्रहरी काठमाडौंमा मुद्दा दर्ता गराएकी थिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप