आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

बजेट खर्चमा मन्त्रालयहरूको रेडिमेड जवाफ : ‘असारमा अधिकतम् ३८ प्रतिशत खर्च हुने हो’

सोमबार, १९ पुस २०७८, १४ : २८
सोमबार, १९ पुस २०७८

बजेट खर्चको सम्बन्धमा मन्त्रालयहरुले एउटै (रेडिमेड) जवाफ दिएका छन् । सोमबार संसदीय समिति अन्तर्गतको अर्थ समितिमा बजेट खर्चमाथि उठेको प्रश्नमा जवाफ दिँदै सरदर आर्थिक वर्षको अन्तमा असार महिनामा गएर कुल बजेटको अधिकतम् ३८ देखि ४० प्रतिशत बजेट खर्च हुने गरेको बताएका हुन् । 

पुस–माघसम्ममा पुँजीगत खर्च करिब १५ देखि २० प्रतिशत हुने गरेकोमा यस वर्ष पुस सम्ममा विविध कारणले ११ प्रतिशत मात्र हुन सकेको अर्थ मन्त्रालयले बताएको छ ।  अन्य मन्त्रालयले पनि हालसम्म ८ देखि १० प्रतिशत पुँजीगत खर्च हुन सकेको तथ्य प्रस्तुत गरेका छन् ।

खर्च हुन नसक्नुका पछाडि प्रतिस्थापन बजेट नै मुख्य कारण रहेको मन्त्रालयहरुले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप