शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

रेखाका कारण सलमान खान अविवाहित, आफैंले गरेका थिए खुलासा

सोमबार, १९ पुस २०७८, १३ : १६
सोमबार, १९ पुस २०७८

बलिउड उद्योगका दबंग भनिने सलमान खान ५६ वर्षका भइसकेका छन् । तर आजपनि अभिनेता इन्डस्ट्रीमा सर्वाधिक योग्य अविवाहित मानिन्छन् । सलमान खानको जिन्दगीमा कयौ केटी आए तर ती कुनैपनि सम्बन्ध विवाह बन्धनसम्म पुगेन । यसैले सलमान खानको विवाह सिनेमा उद्योगको जल्दो बल्दो विषय बन्दै आएको छ । योसँग सम्बन्धित सवाल सलमानलाई धेरैजसो सोधिँदै आएको छ । तर उनी यी सवालहरूलाई हँसीठट्टामा टार्दै आएका छन् । सलमान खानले एक पटक ती अभिनेत्रीको नाम खुलासा गरेका थिए, जसका कारण उनी हालसम्म पनि विवाह नगरी बसेका छन् ।

सलमान खानले आफ्नो विवादास्पद रियालिटी  शो बिग बोसमा बलिउड सुन्दरी तथा दिग्गज अभिनेत्री रेखाका कारण आफूले विवाह नगरेको र उनकै कारण आफू एक्लो भएको उनले बताएका थिए । उनका अनुसार रेखालाई विवाह गर्न चाहेको सूचीमा उनी आफैँ पनि थिए ।

रेखा आफ्नो फिल्म सुपर नानीको प्रोमोसन गर्न बिग बोसमा पुगेकी थिइन् । त्यतिबेला रेखाले शोमा बताएकी थिइन्, ‘जब सलमान किशोर थिए तब उनी मबाट प्रभावित थिए । ती दिन हामी दुबै छिमेकी थियौं । यही कारण जब म बिहान ५ः३० बजे मर्निङ वाकमा जान्थेँ सलमान मलाई बल्कोनीमा बसेर हेर्ने गर्दथे र पछि पछि साइकलमा आउने गर्दथे । उनलाई त्यतिबेला थाहा थिएन तर उनले मलाई माया गर्न थालिसकेका थिए ।’

त्यसपछि सलमान खान आफ्ना साथीसँगै मेरो योगा क्लासमा पनि आबद्ध भएका थिए । सलमान  खानले घरमा सबैलाई आफू ठूलो भएपछि रेखासँगै विवाह गर्छु समेत भनिसकेका थिए । ’

रेखाको कुरा सुनेर सलमान खान केही लजाए र सायद यसैकारण आफ्नो अहिलेसम्म पनि विवाह हुन नसकेको बताए ।

सलमान खानको कयौ बलिउडका अभिनेत्रीसँग नाम जोडिइसकेको छ । यसमा संगीता बिजलानी, ऐश्वर्यारायदेखि कट्रिना कैफसम्म रहेका छन् । संगीता र सलमानको विवाह पनि  हुने नै वाला थियो । दुवैले एक अर्कासँग लामो समयसम्म डेट पनि गरेका थिए । तर पछि गएर अन्तिम समयमा दुवैको विवाह रद्द भयो र दुबै सधैँका लागि अलग भए ।

सलमान खान को ऐश्वेर्या रायसँग सम्बन्धको व्यापक चर्चामा पनि रहेको थियो । यी दुई बलिउडका शक्तिशाली जोडीमध्ये एक थिए । सलमान र ऐश्वर्याको जोडीलाई फ्यानहरु खुबै मन पराउँथे । यी दुई साढे ३ वर्ष सम्म सम्बन्धमा रहे । यी दुईको ब्रेकअपको चर्चा पनि व्यापक नै भयो ।  आजकल सलमान र ऐश्वर्या एक अर्काको नजिक पनि पर्दैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप