शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना संक्रमितलाई  होसमा ल्याउन दिइयो भियग्रा, ४६ दिनपछि कोमाबाट निस्किइन् नर्स

सोमबार, १९ पुस २०७८, १२ : १९
सोमबार, १९ पुस २०७८

बेलायतको गेन्सबरो लिंकनशायरकी कोरोना संक्रमित एक नर्स ४६ दिनपछि कोमाबाट बौरिएकी छिन् । प्रयोगात्मक उपचार व्यवस्था अन्तर्गत उनलाई अस्पतालले भियग्रा दिएपछि उनको होस खुलेको हो ।

कोरोनाकै कारण कोमामा गएकी महिलालाई भियग्राले संजिवनीको काम गरेको छ । यी महिला पेशाले नर्स हुन् । ३७ वर्षीय मोनिका दुई सन्तानकी आमा हुन् र उनले कोरोनाको दुबै खोप लगाएकी थिइन् । उनलाई अक्टोबर ३१ मा कोरोना संक्रमण देखिएको थियो । नोभेम्बर ९ मा अस्पताल भर्ना गरिएको थियो । नोभेम्बर १६ मा इन्ड्युस्ड कोमामा राख्नु एक हप्ताअघि एक हप्तासम्म सघन उपचारमा सारिएको थियो ।   

उनलाई भियग्रा दिने यो विचार मोनिकाकी सहकर्मीको थियो ।

घटना के हो ?

द सनमा छापिएको एक समाचारका अनुसार मोनिका अल्मेइडा नामकी एक नर्स एनएचएस लिंकनशायरमा कोरोनाका बिरामीको लगातार उपचार गर्दै आएकी थिइन् । यसैबीच उनी अक्टोबरमा कोरोनाको चपेटामा आइन् ।

विस्तारै विस्तारै स्वास्थ्य बिग्रन थाल्यो र उनलाई अस्पतालमै उपचार गर्नुपर्ने भयो । त्यहाँबाट उनलाई छिट्टैनै डिस्चार्ज पनि गरियो । तर, केही दिनपछि मोनिकालाई सास फेर्न गाह्रो भयो त्यसपछि उनी पुनः अस्पताल गइन् । तर अस्पतालमा पनि उनको अक्सिजनको तह लगातार घट्दै गइरहेको थियो र उनलाई आईसीयूमा भर्ती गर्नु प¥यो । १६ नोभेम्बरमा उनी कोमामा गइन् ।

यौनसम्पर्कमा कठिनाई हुनेहरुले खाने चक्की भियग्राले शरीरको सबै अङ्गमा उच्च रक्तसञ्चार गर्न र रक्तनलीका भित्ताहरुलाई आराम प्रदान गर्दछ । यो औषधीले उनको स्वास्थ्यमा एक हप्तामा नै सुधार ल्याइदियो । उनलाई आवश्यक परिरहेको अक्सिजनको लेभलमा पनि आधा कटौती भयो ।

अल्मेइडाले भनिन्, ‘राउन्डमा आएका डाक्टरलाई मैले चिन्दथेँ र उनीसँग मैले ठट्टा पनि गरेँ ।’

‘उनले मलाई भियग्रा​बारे बताए । म बेस्सरी हाँसे र उनले ठट्टा गरिरहेका होलान् भन्ने सोचेँ तर उनले भने, ‘होइन, ठट्टा गरेको होइन, साँचो हो । तिमीलाई भियग्राको उच्च डोज दिइएको थियो ।’’

‘मेरो लागि यो क्रिसमसको जादुजस्तै थियो,’ उनले द सनलाई भनिन् ।

पोर्चुगलमा जन्मिएकी यी नर्सको स्थिति यति नाजुक थियो कि उनलाई अन्तिम पटक भेट्न पोर्चुगलबाट उनका आमाबुवासमेत आएका थिए ।

तर रक्तनीलाई चौडा पारिदिने र वायुमार्गलाई खोल्ने काम गर्ने भियग्राको प्रयोगपछि उनी डिसेम्बर १४ तारिखमा कोमाबाट ब्यूँझिइन् । उनलाई क्रिसमसको पूर्वसन्ध्यामा घर जान दिइयो ।

नाइट्रिक अक्साइडलाई शरीरभित्र प्रवेश गराउँदा जसरी अक्सिजनको स्तर बढ्छ त्यसैगरी भियग्राले पनि अक्सिजको स्तर वृद्धि गर्छ कि भनेर अनुसन्धान थालिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप