आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

नयाँ वर्षमा सहारा एपको नयाँ योजना : यात्रु र चालकलाई ५ लाखको बीमा

सोमबार, १९ पुस २०७८, ११ : ५७
सोमबार, १९ पुस २०७८

राइड सेयरिङ एप सहाराले अंग्रेजी नयाँ वर्षको अवसरमा यात्रु तथा सहारा पार्टनरको ६ लाख रुपैयाँको बीमा योजना ल्याएको छ । यात्रु तथा पार्टनरका लागि ५ लाखको दुर्घटना र १ लाख रुपैयाँको उपचार बीमा गर्ने सम्बन्धमा सहाराले अजोड इन्स्योरेन्ससँग सम्झौता गरेको छ ।

सहारा एपका तर्फबाट अध्यक्ष शेखर श्रेष्ठ र अजोड इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले बीमासम्बन्धी सम्झौतामा हस्ताक्षर गरे । सम्झौता हस्ताक्षर भएकै दिनदेखि बीमा सुविधा लागू भएको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत खत्रीले बताए ।

पार्टनर र यात्रु दुबैले बीमा सुविधाबाट सुरक्षित हुने भएको भन्दै कम्पनीका अध्यक्ष श्रेष्ठले ढुक्क भएर सहाराको सेवा लिन आग्रह गरेका छन् । सहारा एपमार्फत दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनको माध्यमबाट तत्काल चाहेको गन्तव्यमा पुग्न सकिने श्रेष्ठले जानकारी दिए । यसैगरी सहाराले अंग्रेजी नयाँ वर्षदेखि आफ्ना पार्टनरहरुबाट अबको ६ महिनासम्म कुनै किसिमको कमिशन नलिने उद्घोष गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप