९ अर्ब १० करोड रुपैयाँ आन्तरिक ऋण उठाउँदै सरकार
सोमबार, १९ पुस २०७८, ११ : ५२
‘सर्ट ट्रम लोन’ को रुपमा सरकारले ९१ दिनका लागि ९ अर्ब १० करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । राष्ट्र बैंकमार्फत सरकारले ९१ दिनका लागि ९१० करोड ट्रेजरी बिल जारी गर्ने भएको हो । बैंकका अनुसार भोलि अर्थात् पुस २० गतेदेखि जारी हुने उक्त बिल आगामी चैत २२ गते परिपक्‍व (म्याचुरिटी) हुनेछ ।
इच्छुक लगानीकर्ताहरूले आज, पुस १९ गते दिउँसो २ बजेभित्र बिल खरिदका लागि विद्युतीय माध्यम (अनलाइन) मार्फत राष्ट्र बैंकमा आवेदन दिन सक्नेछन् । यद्यपि, कुल रकमको १५ प्रतिशत रकम भने प्रतिस्पर्धामा नभई आन्तरिक लगानीका लागि सुरक्षित गरिएको बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६१ वर्ष कैद सजाय तोकिएका फरार व्यक्ति पक्राउ
-
रिहा भएपछि रवि लामिछानेले भने– न्यायालयप्रति सम्मान गर्छु, समय आएपछि बोल्छु
-
१० बजे १० समाचार : रवि रिहादेखि रास्वपा उत्साहितसम्म
-
काउन्सिलविरुद्धको रिटमा अन्तिम सुनुवाइ हुने
-
काठमाडौँमा एक दिवसीय ‘चाइना फिल्म डे’ सम्पन्न
-
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक : के-के भए निर्णय ?