ad
x

पौराणिक कथा : बलराम र रेवतीको विवाह यसरी भएको थियो

person explore access_timeपुस १९, २०७८ chat_bubble_outline0

प्रसङ्ग् भागवतपुराणको हो । सत्ययुगमा रेवत नामका राजा थिए । चक्रवर्ती यी राजाले भूमण्डलका समग्र राजामहाराजाहरूलाई वशमा राखेका थिए । उनकी रेवती नामकी परम सुन्दरी कन्या थिइन् । उनको रूप र लावण्य जस्तो थियो शील र स्वभाव पनि त्यस्तै थियो । विवाहयोग्य भएपछि उनका निम्ति बाबुले केटा खोज्न थाले तर कतै पनि भने जस्तो केटा पाउन सकेनन् । केटा खोज्न गएका भारदारहरू धमाधम रित्तै फर्कन थालेपछि बाबु रेवतलाई चिन्ता प¥यो । उमेर पुगेका छोराछोरीको विवाह गर्न नपाएपछि कुनचाहिँ बाबुलाई चैनको निद्रा पर्छ र । उनलाई पनि त्यस्तै भयो । तैपनि हिम्मत भने हारेनन् र छोरीलाई लिएर ब्रह्मलोकतर्फ लागे ।


उनी पुग्दा ब्रह्माजी कुनै काममा व्यस्त थिए । तत्कालै यता आउनुपर्नाको कारण सोध्न सकेनन् । ब्रह्माजी आफ्नै काममा लागिरहे, उनी ब्रह्माजीको प्रतीक्षामा । एकाध घडीपछि ब्रह्माजीले आफ्नो काम सकी रेवततर्फ फर्कँदै भने–



‘बाबु रेवत १ कति कामले आयौ रु त्यस्तै काम नपरी पक्कै त्यति टाडाबाट आएका छैनौ । अहिलेसम्म मेरो पासमा आएका कसैले पनि विमुख फर्कन परेको छैन । भन के गरिदिनुपर्‍यो ?’



‘हो, परमपिता १ ठीकै अनुमान लगाउनुभयो ।’ राजा रेवतले रेवतीलाई देखाउँदै भने–



‘यी मेरी छोरी रेवती । विवाह योग्य भइसकेकी छिन् तर उनी अनुकूलको वर भने कतै पाउन सकिएन । यिनको विवाह नै हुँदैन भन्ने चिन्ता बढ्दै गएकाले सोधौँ कि भनेर आएको हुँ । आशा छ यिनको भाग्य र भविष्य विचार गरी विवाह हुन्छ, हुन्न, भए कहिले, कोसँग कसरी हुन्छ बताइदिनुहुनेछ ।’



रेवतको आग्रह सुनेपछि ब्रह्माजी कन्याको भाग्य र भविष्य विचार गर्न लागे । एकैछिन निधारको भाग्यरेखा पढेपछि लामो सास फेर्दै भन्न लागे–



‘यी नानी अति भाग्यमानी छिन् । दुनियाँभरीकै भाग्यमानीहरूमा सर्वाधिक अगाडि पर्छिन् । यिनको रूप जति राम्रो छ भाग्य पनि त्यति नै राम्रो रहेछ । जहाँसम्म विवाह हुन्न कि भन्ने प्रश्न छ, हुन्छ, अवश्य हुन्छ, धुमधामसँग हुन्छ, त्यो पनि चानचुने मानिससँग होइन संसारकै विशिष्टतम व्यक्तित्वसित । तर, यसका लागि केही समय धैर्य भने गर्नुपर्ने हुन्छ । किनकि यिनको साथमा विवाह हुने मानिस अहिलेसम्म जन्मेकै छैन । तैपनि केही छैन तिमीहरू फर्केर पृथिवी लोकमा पुगुन्जेल जन्मेर विवाहका लागि यिनकै उमेर योग्य भइसक्ने छन् ।’



ब्रह्माजीको कुरा सुनेर रेवतलाई आश्चर्य लाग्यो । के भन्दैछन् यी बुढा । आफैँ अहिलेसम्म विवाय योग्य पुरुष जन्मेकै छैन भन्दैछन् । अनि फेरि त्यहाँ पुग्दासम्म जन्मिवरि यिनकै उमेर योग्य हुनेछन् भन्न पनि भ्याएका छन् । यस्तैयस्तै सोच्दै उनले ब्रह्माजीसँग प्रतिप्रश्न गरे–

‘परमपिता १ के भन्न खोज्नुभएको हो बुझ्न गाह्रो प¥यो । अहिले नै मेरी छोरी विवाह योग्य भइसकेछिन् । केटाको जन्म नै भएको छैन भन्ने कुरा आएको छ । फेरि हामी पुग्दा उनी जन्मिवरि यिनकै उमेरयोग्य हुनेछन् भन्दै हुनुहुन्छ । यस्तो कसरी हुन्छ रु को हुन् ती केटा र यस्तो कसरी सम्भव होला पहिले यसैबारे प्रष्ट हुन चाहन्छु ।’

‘एऽऽ कुरा त्यसो रु’ ब्रह्माजीले मुसुक्क हाँस्दै भने–

‘हो, सम्भव हुन्छ, अवश्य हुन्छ । ब्रह्मवाक्य हो खेर जाँदैन । यिनको भाग्यमै यही लेखिएको छ । आउँदो द्वापरयुगमा भगवान्ले कृष्ण अवतार लिँदैछन् । उनको काममा सहयोग पु¥याउन शेषनारायण दाजु बनेर आउने छन्, जसलाई लोकले बलराम भन्नेछन् । यी नानीको विवाह उनकै साथमा हुनेछ । जहाँसम्म कसरी अघि जन्मेर पनि यी नानीको उमेर विवाहका बेला उनकै उमेर बराबर हुनेछ भन्ने कुरा छ । त्यसको भने रहश्य छ । जतिबेला तिमीहरू यता प्रवेश गरेका थियौ त्यतिबेलादेखि तिमीहरूको उमेर बढेको पनि छैन र यताबाट पृथिवीमा फर्कदासम्म पनि बढ्ने छैन ।

ब्रह्मलोकको विशेषता भनेकै यही हो । पृथिवीवासी गुरुत्वकर्षणको भारले ग्रस्थ छन्, जसले गर्दा प्राणीले जन्म र मृत्युको चक्रमा पर्नुपर्ने हुन्छ । यसैले नै प्राणीलाई वृद्ध बनाई मृत्युको मुखमा पु¥याउने गर्छ तर ब्रह्मलोकमा त्यस्तो हुँदैन । यहाँ न कोही वृद्ध हुन्छन् न मृत्यु नै हुन्छ । त्यसैले ढुक्क भएर जान सक्छौ, आशङ्का गर्नुपर्दैन ।’

ब्रह्माजीबाट जिज्ञासा निवारण भएपछि राजा रेवत खुसी हुँदै छोरी लिएर फर्के । नभन्दै ब्रह्माजीले भनेबमोजिम उनीहरू पृथिवी लोकमा आइपुग्दा यदुकुलमा बलराम जन्मेर विवाह योग्य भइसकेका थिए ।

पृथिवीमा झर्नासाथ रेवतले बलराम समक्ष गएर भने–

‘महाशय १ यी मेरी छोरी रेवती हजुरलाई सुम्पन चाहन्छु । ३२ लक्षणले युक्त छिन्, ब्रह्माजीले भन्नुभएको हजुर नै यिनको अनुकुल हुनुहुन्छ रे ।’

राजा रेवतको प्रस्ताव सुनेपछि बलरामले रेवतीलाई हेरे । आफूभन्दा दुईतिहाइ बढी अग्ली रहिछिन् । यसको रहश्य बुझ्न उनलाई बेर लागेन । कारण रेवतीको जन्म सत्ययुगमा भएको थियो । सत्ययुगमा जन्मेका मानिस २१ हात अग्ला हुन्थे । यसमा उनी मात्र अपवादमा पर्ने कुरै थिएन । उचाइ बाहेक अन्य कुरा आफू अनुकुल देखेर बलराम पनि उनीप्रति आकर्षित भए ।

त्यसपछि उनले हलोको टुप्पोले रेवतीको कुममा छोइदिए, जो उनको हतियार थियो । कुममा छुनु के थियो हेर्दाहेर्दै रेवती उचाइ घटेर उनको उचाइ बराबरमा आइपुगिन् । त्यसपछि उचित लग्नमा भव्य तरिकाले उनीहरूको विवाह सम्पन्न भयो । उनीहरूको विवाह भएपछि मात्र कृष्णले रुक्मिणीको साथमा विवाह गरेका थिए ।

व्यासजीले भनेका यस कथामा केकति सत्यता छ त्यो त थाहा छैन तर भारहिनताका कारण अन्तरिक्षका प्राणी सदा एकनाशका हुन्छन् भन्ने कुरा भने वैज्ञानिक दृष्टिले पनि प्रमाणित भइसकेको छ । यदि पाँच वर्षका प्राणी अन्तरिक्षमा गई पाँच हजार वर्ष बसेर फर्के भने पनि फर्कदा उनीहरूका उमेर पाँचै वर्षको हुनेछ । सायद व्यासजीले पनि यस कथा मार्फत् यिनै कुराको सङ्केत गर्न पो खोजेका हुन् कि ।  

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X