मन्त्री झाँक्रीको ‘पिर्के सलामी’ : सामाजिक सञ्जालमा भाइरल
नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव तथा सहरी विकासमन्त्री रामकुमार झाँक्रीले ‘पिर्के सलामी’ लिएको तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि यसको व्यापक आलोचना भएको छ । मन्त्री झाँक्रीले गृहजिल्ला गुल्मीको मदाने गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय पुर्कोट दहमा ‘पिर्के सलामी’ लिएकी थिइन् ।
जुन उनकै गाउँमा पर्ने र मन्त्री झाँक्रीकै पहलमा उक्त प्रहरी कार्यालय स्थापना गरिएको हो । तर उक्त तस्वीर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनको चर्को आलोचना हुनपुग्यो । सामाजिक सञ्जाल प्रयोगकर्ता राजकुमार राईले झाँक्रीले लिएको सलामीको तस्वीर राख्दै ‘गफ गर्न धेरै सजिलो हजुर’ भनेर व्यङ्ग्य गरेका छन् ।
त्यसैगरी सामाजिक सञ्जाल प्रयोगकर्ता सुजन खनालले ‘पिर्के सलामीको विरोध गर्दागर्दै गुल्मीको पुर्कोट दहमा रहेको एक प्रहरी कार्यालय पुगेर पिर्के सलामी खान पुग्नुभएछ झाँक्री जी !’ भनेर व्यङ्ग्य गरेका छन् । त्यसैगरी ओम कौडिल्यले ‘हाम्री दिदीले पनि पिर्के सलामी खान थाल्नुभएछ लु बधाई’ भनेका छन् ।
झाँक्रीले विगतमा त्यस्तो सलामीको बिरोध गर्ने गरेकी थिइन् । उनले सामाजिक सञ्जालमा आलोचना हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि कार्यक्रममा सहभागी भएको जनाइन् । ‘कि मैले त्यो कार्यक्रम रद्द गर्नुपर्ने कि, लिनुपर्ने अवस्था थियो । भावनात्मक हिसाबले मैले मेरै गाउँको कार्यक्रम भएकाले र मेरै पहलमा चौकी स्थापना समेत भएकाले कार्यक्रम रद्द गर्न र कसैलाई नमिठो बनाउन चाहिन । आलोचना हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि मैले त्यो बाटो रोजे’, मन्त्री झाँक्रीले बताइन् ।
पिर्के सलामी लिने मन्त्री झाँक्री पहिलो भने होइनन् । यसअघि प्रधानमन्त्री, मन्त्री र मुख्यमन्त्रीहरूले पनि पिर्के सलामी लिएका तस्वीरहरू सार्वजनिक हुँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
गुल्मीमा पहिरोमा पुरिँदा एकै घरका तीन जनाको मृत्यु
-
भिनिसियस चम्किँदा ब्राजिलको सहज जित
-
प्रदीप पौडेलको नेतृत्वमा चक्रपथ विस्तारमा दबाब दिन पैदल यात्रा (तस्बिरहरू)
-
स्याङ्जामा पहिरोले घर बगाउँदा आमा छोरीको मृत्यु
-
अपराजित रहँदै फाइनलमा पुगेका दक्षिण अफ्रिका र भारतबिच उपाधि भिडन्त
-
रोहतो मेन्थोलेटम नेपालले मनायो पाँचौँ वार्षिकोत्सव