मन्त्री झाँक्रीको ‘पिर्के सलामी’ : सामाजिक सञ्जालमा भाइरल
नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव तथा सहरी विकासमन्त्री रामकुमार झाँक्रीले ‘पिर्के सलामी’ लिएको तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि यसको व्यापक आलोचना भएको छ । मन्त्री झाँक्रीले गृहजिल्ला गुल्मीको मदाने गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय पुर्कोट दहमा ‘पिर्के सलामी’ लिएकी थिइन् ।
जुन उनकै गाउँमा पर्ने र मन्त्री झाँक्रीकै पहलमा उक्त प्रहरी कार्यालय स्थापना गरिएको हो । तर उक्त तस्वीर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनको चर्को आलोचना हुनपुग्यो । सामाजिक सञ्जाल प्रयोगकर्ता राजकुमार राईले झाँक्रीले लिएको सलामीको तस्वीर राख्दै ‘गफ गर्न धेरै सजिलो हजुर’ भनेर व्यङ्ग्य गरेका छन् ।
त्यसैगरी सामाजिक सञ्जाल प्रयोगकर्ता सुजन खनालले ‘पिर्के सलामीको विरोध गर्दागर्दै गुल्मीको पुर्कोट दहमा रहेको एक प्रहरी कार्यालय पुगेर पिर्के सलामी खान पुग्नुभएछ झाँक्री जी !’ भनेर व्यङ्ग्य गरेका छन् । त्यसैगरी ओम कौडिल्यले ‘हाम्री दिदीले पनि पिर्के सलामी खान थाल्नुभएछ लु बधाई’ भनेका छन् ।
झाँक्रीले विगतमा त्यस्तो सलामीको बिरोध गर्ने गरेकी थिइन् । उनले सामाजिक सञ्जालमा आलोचना हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि कार्यक्रममा सहभागी भएको जनाइन् । ‘कि मैले त्यो कार्यक्रम रद्द गर्नुपर्ने कि, लिनुपर्ने अवस्था थियो । भावनात्मक हिसाबले मैले मेरै गाउँको कार्यक्रम भएकाले र मेरै पहलमा चौकी स्थापना समेत भएकाले कार्यक्रम रद्द गर्न र कसैलाई नमिठो बनाउन चाहिन । आलोचना हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि मैले त्यो बाटो रोजे’, मन्त्री झाँक्रीले बताइन् ।
पिर्के सलामी लिने मन्त्री झाँक्री पहिलो भने होइनन् । यसअघि प्रधानमन्त्री, मन्त्री र मुख्यमन्त्रीहरूले पनि पिर्के सलामी लिएका तस्वीरहरू सार्वजनिक हुँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण