मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

राजीवले ल्याए गीत ‘कर्फ्यु लगाइदे सरकार’

सोमबार, १९ पुस २०७८, ११ : ३४
सोमबार, १९ पुस २०७८

 विगत ३ वर्षदेखि अस्ट्रेलियामा रहँदै आएका राजिव थापा ‘राजश्री’ विदेशमा रहे पनि कलाकारिता र समाजसेवालाई एकसाथ अगाडि बढाउदै आएका छन् । गीत–गजल, कविता, मुक्तक कोर्न रुचाउने उनले ‘कर्फ्यु लगाइदे सरकार’ बोलको गीत समेत सार्वजनिक गरेका छन् ।

थापाकै शब्द, पुस्तक प्रसादको संगीत र उदयराज पौडेलको एरेन्ज रहेको गीतमा दिनेश गौतमको स्वर रहेको छ । दिनेशले केही अगाडि ‘लखर लखर कता’, ‘चरी’ , ‘राजाको हात्ती’ गीत सार्वजनिक गरेका थिए ।

गीतको आकर्षक भिडियो समेत बनेको छ । भिडियोमा अभिनेत्री वर्षा सिवाकोटी र मोडल सुधिर श्रेष्ठको रोमान्स देख्न सकिन्छ । भिडियोको निर्देशन रामजी लामिछानेले गरेका हुन् ।

युवा पुस्ताको सेन्टिमेन्ट ध्यानमा राखेर निर्माण गरिएको गीत तथा भिडियोले दर्शकको मन जित्ने अपेक्षा गीतकार थापाले गरेका छन् । भिडियो इनाक्षी इन्टरटेन्मेन्टको युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप