शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

निर्देशक बने कलाकार पुष्कर

सोमबार, १९ पुस २०७८, ११ : २१
सोमबार, १९ पुस २०७८

एक समय नेपाली फिल्मको चर्चित खलपात्र (भिलेन) पुष्कर भट्ट अब निर्देशकको रुपमा पनि अगाडि आउने भएका छन् । निर्देशकको फड्कोको रुपमा उनले एक हिन्दी गीतको म्यूजिक भिडियो निर्देशन गरेका हुन् । उनको निर्देशन रहेको ‘जिल्ला मुरादाबाद’ गीतको म्यूजिक भिडियो अहिले सार्वजनिक भएको छ । गायक प्रिन्स आनन्दको स्वर र शब्द रहेको गीतमा द किंगले संगीत भरेका छन् । 

राजनीतिक दाउपेचको कथा उठाइएको भिडियोमा पुष्कर भिलेनको भूमिकामै प्रस्तुत भएका छन् । भिडियोमा उनीसँगै भारतीय कलाकार सुखविंदर सिंह जसल, जगदीप बावा, परम हंस, गुलकरण सिंह र सलमान काजमीको पनि अभिनय छ । यूट्युबबाट भिडियोले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।

भट्टले म्यूजिक भिडियोको कथामाथि वेब सिरिज समेत बनाएका छन् । ओटीटी प्लेटफर्म अमेजन प्राइममा रिलिज गर्ने उद्देश्यसहित निर्माण गरिएको वेब सिरिजलाई पुष्कर स्वयंले निर्देशन गरेका हुन् ।

भट्टले ‘भागी भागी नजाउ’, ‘अग्नि ज्वाला’, ‘गंगाजल’, ‘बाँटुली’, ‘दोस्ती’, ‘फैसला’, ‘हिम्मतवाली’ लगायत एक सय बढी फिल्ममा अभिनय गरेका छन् । केही भोजपुरी फिल्ममा समेत अभिनय गरेका भट्ट आगामी दिनमा अभिनय र निर्देशन सँगसँगै लैजाने बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप