बन्दको अवज्ञा गरेको भन्दै ट्रकमा आगजनी
जनमत पार्टीका कार्यकर्ताले पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको मिर्चैया बतहाखोला नजिकै एक ट्रकमा आगजनी गरेका छन् । बन्दको अवज्ञा गरेको भन्दै उनीहरुले हिमालय सुगरमिल्समा उखु पु¥याएर पश्चिमतर्फ जाँदै गरेको ना५ख १००९ नम्बरको ट्रकमा आगजनी गरेका हुन् ।
सो ट्रकका धनीसमेत रहेका चालक विजय साहका अनुसार एक्कासी ट्रकमा ढुंगामुढा गरेपछि आत्तिएर गाडी रोक्ने बित्तिकै उनीहरुले ट्रकमा पेट्रोल छर्केर आगजनी गरेको हुन् । घाइते चालक र सहचालकको मिर्चैयामा उपचार भइरहेको प्रहरीले जनाएको छ । आगो प्रहरीको सहयोगले नियन्त्रणमा लिए पनि ट्रक पूर्णरुपले जलेको छ ।
मिथिला नगरपालिका– ९, धनुषाका साहले पाँच कठ्ठा जमिन बैंकमा धितो राखेर दुई वर्ष अगाडि ट्रक किनेको बताए । त्यही ट्रकको आम्दानीले ऋण तिर्ने योजना बनाएका उनी ट्रक नै आगजनी भएपछि चिन्तित बनेका छन् ।
बन्दका क्रममा जनमतका कार्यकर्ताहरु छापामार शैलीमा सडकमा आई गाडी तोडफोड र आगजनी गरिरहेका छन् । यसअघि पनि जनमत पार्टीका कार्यकर्ताले सिरहाको चोहर्वा र सप्तरीमा राजमार्गमै ट्रक जलाएका थिए ।
पार्टीले किसान आन्दोलनको नाममा पुस १५ गतेबाट अनिश्चितकालीन तराई मधेसको दिवाकालीन सडकजाम आह्वान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिक दिवस कम्युनिस्ट पार्टीको पनि उत्सव हो : उपमहासचिव पोखरेल
-
अर्थतन्त्रमा सकारात्मक सङ्केतहरू देखा परेका छन् : अर्थमन्त्री पुन
-
ग्रीनजो इनर्जी इन्डियाले गर्यो नेपाल सरकारसँग सहकार्यको प्रस्ताव
-
भक्तपुरमा इनार खन्ने क्रममा दुई जनाको मृत्यु
-
पशुपति आर्यघाटको विद्युत् शवदाह साउन १ देखि निःशुल्क गरिने
-
हिरोले भन्दा बढी पारिश्रमिक लिएका भिलेनहरू