तराईमा जाडो बढ्यो, वृद्धवृद्धा र बालबालिका बढी प्रभावित
![तराईमा जाडो बढ्यो, वृद्धवृद्धा र बालबालिका बढी प्रभावित](https://rpcdn.ratopati.com/media/albums/cold-rautahat_ww2fpePqZo.jpg)
एक सातादेखि पश्चिमी हावासँगै चलेको शीतलहरले रौतहट, बारा लगायत मध्यतराईमा जाडो बढेको छ । शनिबार र आइतबार दिनभरी घाम नलागेका कारण कठ्याङ्ग्रिँदो जाडो सहन कठिन भएको बूढापाकाको गुनासो छ ।
जाडो बढे पनि स्थानीय सरकार र स्थानीय प्रशासनले सार्वजनिक स्थल, चोक, मठमन्दिरमा दाउराको जोहो गर्न सकेका छैनन् । जाडोको बेला गौरस्थित बीपी चोक, गरुडा, चन्द्रपुर, कटहरियाको चोकहरुमा विगतका वर्षहरुमा स्थानीय प्रहरी प्रशासनले दाउरा बाल्ने गरेका थिए ।
खास गरेर जाडोका कारण दलित, विपन्न, वृद्धवृद्धा, बालबालिका सबभन्दा बढी प्रभावित भएको चिकित्सकहरु बताउँछन् । उनीहरुमा चिसोका कारण हुने बिमारी देखिएको छ । रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले लगातार जाडो बढ्दै गएकाले अब छिटै जिल्लाको सबै स्थानीय तहको चोकचोकमा दाउरा बाल्ने व्यवस्था गर्न लागेको बताए ।
जाडो बढेसँगै बारा, पर्सा, रौतहट लगायतका जिल्लामा न्यानो कपडाको कारोबार बढेको छ । जाडो छल्न न्यानो कपडा खरिद गर्ने सर्वसाधारणको भिड बढेको छ । गौर, कटहरिया, कलैया बजारका प्रायः सबै कपडा पसल ग्राहकले भरिभराउ हुने गरेका छन् । छठ पर्वपछि सेलाएको कपडा व्यवसाय जाडोकै कारण चलायमान बनेको व्यापारीहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसको भूउपग्रह पड्कियो, चीनले लगायो आफ्नो आईएसएसमा कवच
-
१७ दिनमा १२ वटा पुल भत्किएपछि बिहारमा ११ जना इन्जिनियर निलम्बनमा
-
मोदी सरकार अगस्टसम्म ढल्न सक्छ : लालु यादव
-
कान्तिपुरले हटायो ‘इट्स माई शो’को विवादित अंश
-
सरकारले कृषिलाई प्राथमिकतामा राख्ने नीति बनाएर कार्यान्वयन गर्ने तयारी गरेको छ : मुख्यमन्त्री कार्की
-
यस्ता छन् मन्त्रीपरिषद् बैठकका निर्णय