शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

तराईमा जाडो बढ्यो, वृद्धवृद्धा र बालबालिका बढी प्रभावित

सोमबार, १९ पुस २०७८, ११ : ०४
सोमबार, १९ पुस २०७८

 एक सातादेखि पश्चिमी हावासँगै चलेको शीतलहरले रौतहट, बारा लगायत मध्यतराईमा जाडो बढेको छ । शनिबार र आइतबार दिनभरी घाम नलागेका कारण कठ्याङ्ग्रिँदो जाडो सहन कठिन भएको बूढापाकाको गुनासो छ ।

जाडो बढे पनि स्थानीय सरकार र स्थानीय प्रशासनले सार्वजनिक स्थल, चोक, मठमन्दिरमा दाउराको जोहो गर्न सकेका छैनन् । जाडोको बेला गौरस्थित बीपी चोक, गरुडा, चन्द्रपुर, कटहरियाको चोकहरुमा विगतका वर्षहरुमा स्थानीय प्रहरी प्रशासनले दाउरा बाल्ने गरेका थिए ।

खास गरेर जाडोका कारण दलित, विपन्न, वृद्धवृद्धा, बालबालिका सबभन्दा बढी प्रभावित भएको चिकित्सकहरु बताउँछन् । उनीहरुमा चिसोका कारण हुने बिमारी देखिएको छ । रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले लगातार जाडो बढ्दै गएकाले अब छिटै जिल्लाको सबै स्थानीय तहको चोकचोकमा दाउरा बाल्ने व्यवस्था गर्न लागेको बताए ।

जाडो बढेसँगै बारा, पर्सा, रौतहट लगायतका जिल्लामा न्यानो कपडाको कारोबार बढेको छ । जाडो छल्न न्यानो कपडा खरिद गर्ने सर्वसाधारणको भिड बढेको छ । गौर, कटहरिया, कलैया बजारका प्रायः सबै कपडा पसल ग्राहकले भरिभराउ हुने गरेका छन् ।

छठ पर्वपछि सेलाएको कपडा व्यवसाय जाडोकै कारण चलायमान बनेको व्यापारीहरु बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप