शुक्रबार, १४ मङ्सिर २०८१
ताजा लोकप्रिय

नवलपरासीको भटौलियामा सिटिजन्स बैंकको सेवा

सोमबार, १९ पुस २०७८, १० : ४८
सोमबार, १९ पुस २०७८

सिटिजन्स बैंकले नवलपरासीको बर्दघाट नगरपालिकास्थित भटौलिया बजारमा शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको छ । यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायतका सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको बैंकले जनाएको छ । 
 यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंकप्रति विश्वास एवम् बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ । 

सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरीका आफ्ना १७४  वटा शाखा,  १२३  ए.टि.एम. र ९० वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १२  लाख ८० हजार  ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप