नवलपरासीको भटौलियामा सिटिजन्स बैंकको सेवा
सोमबार, १९ पुस २०७८, १० : ४८
सिटिजन्स बैंकले नवलपरासीको बर्दघाट नगरपालिकास्थित भटौलिया बजारमा शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको छ । यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायतका सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको बैंकले जनाएको छ ।
यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंकप्रति विश्वास एवम् बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरीका आफ्ना १७४ वटा शाखा, १२३ ए.टि.एम. र ९० वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १२ लाख ८० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।