बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मकवानपुरबाट माओवादी केन्द्रीय सदस्यमा २ जना महिला

सोमबार, १९ पुस २०७८, ०७ : ४०
सोमबार, १९ पुस २०७८

नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यमा मकवानपुरबाट दुई चयन भएका छन् । केन्द्रीय सदस्य चयन हुने दुवै जना महिला रहेका छन् । माओवादी केन्द्रको आठौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा मकवानपुरबाट कुमारी मोक्तान र मनकुमारी नेपाली चयन भएका हुन् ।

माओवादी अध्यक्ष प्रचण्डले आइतबारको बन्दसत्रमा उनीहरूको नाम घोषणा गरेका हुन् । बागमती प्रदेशसभा सदस्य एवम् सामाजिक विकास मन्त्रीसमेत रहेकी मोक्तान जनजाति महिला कोटाबाट केन्द्रीय सदस्य बनेकी हुन् । त्यस्तै नेपाली दलित कोटाबाट केन्द्रीय सदस्य बनेकी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप