माओवादी केन्द्रीय समितिमा धादिङबाट ५ जना निर्वाचित
आइतबार, १८ पुस २०७८, २२ : ४८
नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिमा धादिङबाट ५ जना निर्वाचित भएका छन् । माओवादीको आठौं महाधिवेशनमा धादिङबाट प्रतिनिधित्व गर्ने पुष्पविक्रम मल्लसहित ५ जना सो पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।
निर्वाचित हुनेहरुमा मल्लसहित शालिकराम जम्मकट्टेल, दीपा सिंखडा, ओमनाथ ढुंगाना र कल्पना धमलाको रहेका छन् । जिल्लाका पुराना र जिउँदा शहीद भनेर चिनिने रामबहादुर भण्डारी भने केन्द्रीय समितिमा अटाएनन् ।
उनलाई नेता कार्यकर्ताले ज्युँदो शहीद भनेर सम्बोधन गर्ने गर्छन् । तत्कालीन सरकारले किलो शेरा २ को अपरेशन चलाउँदा उनी घाइते समेत भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ड्राई पाउडर इनहेलर ‘साभाकोर्ट’ नेपाली बजारमा
-
हामीले उपभोग गरिरहेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त भएको होइन: पूर्व राष्ट्रपति भण्डारी
-
खर्च योजना सार्वजनिक गरेपछि खुम्चियो मेटाको शेयर
-
मनमोहन सेन्टर : १५औँ वसन्त पार गर्दै गर्दा...
-
प्रतिबन्ध लगाउन सक्ने अमेरिकी कानुनविरुद्ध टिकटक अदालत जाने
-
डढेलोले खोटाङमा तेह्र घर खरानी