बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

सन् २०२१ मा नेपाल आउने पर्यटकको संख्या डेढ लाख

आइतबार, १८ पुस २०७८, २२ : २७
आइतबार, १८ पुस २०७८

सन् २०२१ मा नेपाल आउने पर्यटकको संख्या अघिल्लो वर्ष भन्दा झण्डै ३५ प्रतिशतले कमी आएको छ । अध्यागमन विभागका अनुसार सन् २०२० मा २ लाख ३० हजार ८५ जना पर्यटक नेपाल आएकोमा सन् २०२१ मा एक लाख ५० हजार ९६२ जनामात्र आएका हुन् ।

विभागका अनुसार यस वर्ष सबैभन्दा बढी एशियन मुलुकबाट कुल आगमनको ४७.४४ प्रतिशत अर्थात् ७१ हजार ६१० जना विदेशी नागरिक नेपाल आएका छन् भने सबैभन्दा कम सामुद्रिक मुलुकहरूबाट दुई हजार ५७१ जना आएका छन् ।

सन् २०१९ मा विदेशी पर्यटक आगमन संख्या ११ लाख ९७ हजार १९१ जना थियो । तुलनात्मक रुपमा सन् २०१९ भन्दा २०२० मा ८०.७८ प्रतिशतले विदेशी पर्यटकको आगमनमा कमी आएको थियो ।

कोभिड–१९ को प्रभावले अघिल्लो वर्ष पर्यटक आगमनको संख्या घटेर २ लाख ३० हजार पुगेकोमा सन् २०२१ मा यो संख्या थप घटेको विभागको रिपोर्टले देखाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप