बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

धेरै विदेशी मुद्रा आर्जन हुने देशमा शाखा विस्तार गर्न अनुमति माग्यो ग्लोबल आईएमई बैंकले

आइतबार, १८ पुस २०७८, २२ : १४
आइतबार, १८ पुस २०७८

ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले धेरै विदेशी मुद्रा आर्जन हुने देशमा शाखा विस्तार गर्नुपर्ने बताएका छन् । आइतबार बैंकको १५ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग औपचारिक रुपमा नेपालमा विदेशी मुद्रा भित्र्याउन राष्ट्र बैंकले ग्लोबल आईएमई बैंकलाई विदेशमा शाखा खोल्न अनुमति दिन आग्रह गरे ।

ढकालले राष्ट्र बैंकले डलरमा खाता खोल्ने नीति ल्याउनु राम्रो भएको भन्दै यसलाई कार्यान्वयनमा लैजान बढी विदेशी मुद्रा आर्जन हुने देशहरुमा शाखा सञ्चालनको अनुमति दिन माग गरे । अध्यक्ष ढकालले बैंकले हाल औपचारिक रुपमा विदेशी मुद्रा नेपाल भित्र्याउन केही मुलुकमा शाखाको रुपमा सम्पर्क कार्यालय सञ्चालन गरिए पनि त्यसले पर्याप्त नहुने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप