बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

शीर्ष स्थानमा रहेको रियललाई गेटाफेको धक्का

आइतबार, १८ पुस २०७८, २१ : ४४
आइतबार, १८ पुस २०७८

स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको रियल म्याड्रिड लिगको पुछारमा रहेको गेटाफेसँग स्तब्ध बनेको छ । आइतबार भएको खेलमा पराजित हुँदै रियलले शीर्ष स्थानमा ११ अंकको अग्रता बनाउने अवसर गुमाएको हो ।

एनेस उनालले खेलको शुरुवातमा नै गरेको एक मात्र गोल खेलमा निर्णायक बन्यो । रियलका लागि लुका मोड्रिचको प्रहार क्रसबारमा लाग्न पुगेको थियो । रियलले पहिलो हाफमा खेलमा नियन्त्रण बनाए पनि विपक्षीको पोष्टमा आक्रमण भने गर्न सकेन । २० खेलपछि रियलको ४६ अंक रहेको छ । दोस्रो स्थानमा रहेको सेभियाको ३८ अंक रहेको छ । तर, सेभियाले रियलभन्दा दुई खेल कम खेलेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप