आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

पुलिसलाई हराउँदै मच्छिन्द्र शीर्ष स्थानमा, एएफसी कप छनोट खेल्ने पक्का

आइतबार, १८ पुस २०७८, १९ : ४९
आइतबार, १८ पुस २०७८

विभागीय टोली नेपाल पुलिस क्लबलाई हराएको मच्छिन्द्र सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएसँगै एएफसी कप छनोट खेल खेल्ने पक्का भएको छ । आइतबार त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा जित्नै पर्ने दबाबका साथ खेलको मच्छिन्द्रले पुलिसलाई १–० ले हराउँदै स्पष्ट तीन अङ्क जोडेर तालिकामा शीर्षता कायम राख्दा एएफसी कप छनोट यात्रा पक्का भएको हो । ए डिभिजन लिग अन्तर्गत सातौँ चरणको खेलबाट शीर्षस्थानमा रहने टिमले एएफसी कप छनोट खेल्ने निर्णय यसअघि नै एन्फाले गरेको थियो । आइतबार भएको सातौँ चरणको खेलमा विभागीय क्लब नेपाल पुलिसलाई १–० गोल अन्तरले पराजित गर्दै मच्छिन्द्रले एएफसी कप छनोटका लागि टिकट पक्का गरेको हो । लिगमा मच्छिन्द्रले १७ अंकसहित शीर्षता बनाउँदा मनाङ मर्स्याङ्दी क्लब १६ अंकसहित दोस्रो स्थानमा रह्यो ।

एएफसी कप छनोट हुनका लागि गर या मरको अवस्थामा रहेको मच्छिन्द्रले स्थान सुनिल बलले पहिलो हाफमा गरेको गोल निर्णायक बनेको हो । २१ औ मिनेटमा सुनिल बलले विशाल राईको आकर्षक फ्रिकिकलाई सानदार हेड गर्दै अग्रता दिलाएका थिए । सुनिलको यो जारी लिगमा पाँचौं गोल हो । उनी सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा उक्लिएका छन् । सोही अग्रता मच्छिन्द्रले अन्तिमसम्म जोगाउँदा पुलिस भने  स्तब्ध हुन पुग्यो । अग्रता लिइसकेको मच्छिन्द्रले दोस्रो हाफमा पनि केही राम्रा मौका बनाए पनि सदुपयोग गर्न सकेन ।

जितपछि मच्छिन्द्रले ७ खेलमा १७ अङ्क जोडेको छ । मच्छिन्द्र दोस्रो स्थानको मनाङभन्दा १ अङ्कले अघि रहेको छ । मनाङ ७ खेलमा १६ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ । पुलिस ७ खेलमा ६ अङ्क जोडेर ११ औँ स्थानमा छ । लिगमा सोमबार पनि सातदोबाटो युथ क्लब र हिमालयन शेर्पा फुटबल क्लबबीच दशरथ रंगशालामा हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप