शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादीले १५ प्रतिशत केन्द्रीय सदस्य छान्न सकेन

आइतबार, १८ पुस २०७८, १९ : १६
आइतबार, १८ पुस २०७८

नेकपा माओवादी केन्द्र महाधिवेशनबाट १५ प्रतिशत केन्द्रीय सदस्य छान्न  असफल भएको छ ।  अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जारी बन्दसत्रमा केन्द्रीय सदस्यहरुको नाम वाचन गरेका छन् । तर उनले १५ प्रतिशत केन्द्रीय सदस्य भने छान्न सकेनन् । बन्दसत्रमा नाम वाचन गर्दै उनले सबैलाई समेट्ने आश्वासन दिए। 

२९९ जनाको केन्द्रीय समितिमा प्रचण्डले १२५ जना समानुपातिकतर्फको नाम प्रस्तुत गरेका छन् । त्यस्तै खुलातर्फ १११ जनाको नाम पनि प्रस्तुत गरेका छन् । समानुपातिकतर्फ २९ थप्न बाँकी रहेको छ भने खुलातर्फ ३४ जना बाँकी छन् । 

दुईवटा सहित गर्दा ६३ थप्न बाँकी छ । बन्दसत्रमा प्रचण्डले भने, ‘१५ प्रतिशत बाँकी छ त्यसले बाँकी सबैलाई समेट्छ । विधानमै यो व्यवस्था छ । विधानअनुसार लागू गर्छौं ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप