सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

सर्लाहीमा मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु

आइतबार, १८ पुस २०७८, १७ : ४४
आइतबार, १८ पुस २०७८

सर्लाहीमा मोटरसाइकल दुर्घटनामा परि ३ जनाको मृत्यु भएको छ ।सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नम्बर ३ स्थित बयलवास भक्तिपुर सडकखण्ड अवस्थित सागरनाथ जंगलमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा  सवार तीन जनाको मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ ।

सर्लाही प्रहरीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले दिएको जानकारी अनुसार सागरनाथबाट बयलवासतर्फ जाँदै गरेको बा १९प ७१९७ नम्बरको मोटरसाइकल शनिबार राति अनियन्त्रित भई सपेताको रुखमा ठोक्किएर बाटोभन्दा १० मिटर तल लडेर दुर्घटना भएको थियो ।

दुर्घटनामा परि ईश्वरपुर नगरपालिका वडा नम्बर १० स्थित  दशबिगाहाका २२ वर्षीय अरुण सिंह, २० वर्षीय श्रगम बिक र २२ बर्षीय रोहन सिंहको मृत्यु भएको सर्लाही प्रहरी प्रवक्ता बुढाथोकीले बताए ।
तीन जनाको घटनास्थलमै मृत्यु भएको र उनीहरुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलगंवामा भइ रहेको सर्लाही प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप