पाल्पा बस दुर्घटना : ६ जनाको सनाखत (अपडेट)
पाल्पामा भएको मलामी सवार बस दुर्घटनामा मृत्यु हुने ६ जनाको सनाखत भएको छ । दुर्घटनामा परेका घाइते १६ जनाको नाम पनि खुलेको छ । मृतक ७० वर्षीय वीरबहादुर विश्वकर्माको दाहसंस्कारका लागि गएको बस दुर्घटनामा उनका छोरासहित ८ जनाको मृत्यु भएको थियो । मृतक ६ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा मृत्यु भएका अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका २ बस्ने वर्ष २५ का शंकर विक, सोही ठाउँ बस्ने वर्ष ३६ का मोहन कुँवर, सोही ठाउँ बस्ने वर्ष २८ का भोजेन्द्र विक, रुपन्देही बुटवल उपमहानगरपालिका १९ बस्ने वर्ष ३२ का विजय थापा क्षेत्री, बुटवल उपमहानगरपालिका १७ बस्ने वर्ष ३० का पशुपति रसाइली र सोही ठाउँ बस्ने वर्ष ४० का खुमबहादुर रानाको सनाखत भएको छ । अन्य मृतकको सनाखत हुन बाँकी रहेको छ ।
घटनामा बुटवल उपमहानगरपालिका १७ बस्ने वर्ष ३८ का विशालसहित १६ जना घाइते भएका छन् । दुर्घटनामा रुपन्देही सैनामैना नगरपालिका ६ बस्ने वर्ष ३१ कि मिरा रामदाम, सोही स्थान बस्ने वर्ष ५० का श्यामबहादुर बिक, बुटवल उपमहानगर १७ बस्ने वर्ष ४५ का धनबहादुर सुनार, अर्घाखाँची पाणीनि गाउँपालिका १ का ५४ वर्षीय गोपाल नेपाली घाइते भएका छन् ।
त्यस्तै अर्घाखाँची छत्रदेव गाउँपालिका ३ बस्ने ४३ वर्षीय लालबहादुर विक, अर्घाखाँची मालारानी गाउँपालिका २ बस्ने ३७ वर्षीय रमेश टोहटो, रुपन्देही तिलोत्तमा नगरपालिका १४ बस्ने ४५ वर्षीय दिलमाया सुनार र सोही ठाउँ बस्ने ४५ वर्षीय तारा सुनार पनि घाइते भएका छन् । उनीहरुको पाल्पा लुम्बिनी मेडिकल कलेज प्रभास उपचार भईरहेको छ ।
यस्तै अर्घाखाँची मालारानी गाउँपालिका २ बस्ने ३९ वर्षीय तुल्सीराम विक, सोही ठाउँ बस्ने वर्ष २२ वर्षीय दिपक विक, बुटवल उपमहानगरपालिका १२ बस्ने ४८ वर्षीय माधव प्रसाद वस्याल, बसधनी अर्घाखाँची मालारानी गाउँपालिका २ का अर्जुन रसाइली पनि घाइते भएका छन् । सोही ठाउँ बस्ने ३५ वर्षीय लक्ष्मण टोहटो र २७ वर्षीय विष्णु विक पनि घाइते भएका छन् । उनीहरुको पाल्पास्थित मिसन अस्पतालमा उपचार भैरहेको छ ।
आज बिहान साढे १० बजे पाल्पा रिब्दिकोट गाउँपालिका २ लघुवास्थित तानसेन–रिडी सडक खण्डमा लु १ ख ७२७९ नम्बरको बस दुर्घटना भएको थियो । बस सडकबाट अन्दाजी ५५ मिटर तल खसेको छ। बस चालक भने प्रहरी नियन्त्रणमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फूल ‘एक्सन’मा ट्रम्प, सीमामा पठाए १५०० सिपाही
-
भारतमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो, ३ जना नेपालीको सनाखत
-
गेग्य्रान बगर बन्यो ‘सुन फल्ने’ जमिन
-
आज तीन वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
सुप्रिम सहकारी ठगी प्रकरण : रविविरुद्ध रुपन्देहीमा आजदेखि थुनछेक बहस
-
लस एन्जलसमा फेरि दन्कियो डढेलो, हजारौँलाई सुरक्षित स्थानमा सारियो