धनुषामा प्रहरी र सीके राउतका कार्यकर्ताबीच झडप, ११ राउन्ड गोली र १६ राउन्ड अश्रुग्यास प्रहार
आइतबार, १८ पुस २०७८, १७ : ०५
सीके राउत नेतृत्वको जनमत पार्टीले सञ्चालन गरेको किसान आन्दोलनका क्रममा धनुषामा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । झडपका क्रममा ८ जना प्रहरी र केही प्रदर्शनकारी घाइते भएका छन् ।
धनुषाको गणेशमान चारनाथ नगरपालिकास्थित पोर्ताहामा आन्दोलनकारीले राजमार्ग अवरुद्ध गरेका थिए । राजमार्ग खुलाउने क्रममा प्रहरी र जनमत पार्टीका कार्यकर्ताबीच झडप भएको थियो । झडपमा नथुनी यादव, विजय यादव, रामदयाल मुखिया, वैजनाथ यादव, संजय साहलगायत प्रदर्शनकारी घाइते भएको जनाइएको छ ।
धनुषाका प्रहरी प्रवक्तासमेत रहेका प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले झडपको क्रममा ११ राउण्ड रबरको गोली र १६ राउण्ड अश्रुग्यास प्रहार भएको जनाए । बस्नेतले ८ जना प्रहरी घाइते भएको जानकारी दिए । नेपाल प्रहरीका ७ जना र सशस्त्र प्रहरीका एकजना घाइते भएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभा बैठक आइतबारसम्म स्थगित
-
आपसी सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजानुपर्छ : प्रधानन्यायाधीश श्रेष्ठ
-
प्रधानमन्त्रीले छलफलका लागि कांग्रेसका नेताहरूलाई बोलाए
-
बानेश्वरमा राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठक
-
सुर्खेत गोलीकाण्डका मुख्य अभियुक्त गिरी पक्राउ
-
न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमन चयन कायम हुन्छ : राष्ट्रपति पौडेल