मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

र्‍यापर लाउरे ब्राउन सुगर ‘प्रयोगकर्ता’ मात्र भएको प्रहरीको निष्कर्ष

आइतबार, १८ पुस २०७८, १६ : ५८
आइतबार, १८ पुस २०७८

ब्राउन सुगर कारोबारीहरुसँगै पक्राउ परेका र्यापर लाउरे लागु औषध प्रयोगकर्ता मात्रै भएको प्रहरीको निष्कर्ष छ । पुस १४ मा प्रहरीले पोखराको न्युरोडबाट लाउरेसहित ४ जनालाई पक्राउ गरेको थियो । जिल्ला अदालत कास्कीले आरोपीहरुलाई ८ दिन हिरासतमा राख्न अनुमति दिएको छ । लाउरे भनेर चिनिने आशिष रानामगर  चर्चित र्यापर हुन् । लाउरेले नविन गुरुङसँग ब्राउन सुगर किन्न खोजेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

लाउरेसँगै पक्राउ पर्नेमा ध्रुव थापा, नविन गुरुङ र सुस्मिता गुरुङ छन् । अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतका अनुसार पोखरा घर भएका लाउरे लागु औषधको ‘युजर’ मात्रै भएको थाहा भएको छ । पक्राउ परेकाहरुको साथबाट कास्की प्रहरीले १३ दशमलव १ ग्राम ब्राउन सुगर बरामद गरेको थियो । १३ दशमलव १ ग्राम लागु औषध कारोबार गर्नेलाई ५ देखि १० बर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ । लागु औषध नियन्त्रण ऐनअनुसार ब्राउन सुगर प्रयोगकर्तालाई १ वर्ष कैद हुने व्यवस्था छ ।

लाउरे रियालिटी शो हिमालय रोडिजका निर्णायक हुन् । प्रहरीको अनुसन्धान प्रतिवेदनअनुसार जिल्ला सरकारी वकिल कार्यालयले उनलाई लागु औषध प्रयोगकर्ताको मुद्दा चलाएमा लाउरेलाई १ वर्षसम्म कैद सजाय हुनसक्छ ।
कास्की एसपी रमेश थापाले आरोपीहरुबारे अनुसन्धान भइरहेको बताए । उनले भने– ‘अनुसन्धान भइरहेको छ, अनुसन्धानको विषय भएको हुनाले थप कुरा भन्न मिल्दैन ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप