माओवादी केन्द्रका तीन आयोगमा पुरानै नेतृत्वलाई फेरि जिम्मेवारी
आइतबार, १८ पुस २०७८, १६ : ५१
नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनले तीन आयोगमा पुरानै नेतृत्वलाई निरन्तरता दिएको छ । आइतबार ढिलोगरी सुरु भएको बन्दसत्रले विधान अनुसारका तीन आयोगमा पुरानै नेतृत्वलाई पुनः जिम्मेवारी दिने निर्णय गरेको हो ।
बन्दसत्र सञ्चालन गर्दै नेता गणेश साहले अनुशासन आयोगको अध्यक्षमा टंक राई, लेखा आयोगको अध्यक्षमा पेशल खतिवडा र निर्वाचन आयोगको अध्यक्षमा विष्णु पुकार श्रेष्ठलाई जिम्मेवारी दिने प्रस्ताव अनुमोदनका निम्ति पेस गरेका थिए । सो प्रस्तावलाई बन्दसत्रले अनुमोदन गरेको हो ।
जारी महाधिवेशनमा माओवादी केन्द्रको नेतृत्व चयन प्रक्रिया अन्तर्गत सबैभन्दा पहिला तीन आयोगको नेतृत्व टुंगिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण