पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिन माग गर्दै राप्रपाद्वारा ज्ञापनपत्र पेश
आइतबार, १८ पुस २०७८, १६ : ४९
![पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिन माग गर्दै राप्रपाद्वारा ज्ञापनपत्र पेश](https://rpcdn.ratopati.com/media/albums/rpp_BAFWbXqdsP.jpg)
राप्रपाले पौष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सार्वजनिक बिदा दिन माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष ज्ञापनपत्र पेश गरेको छ ।
अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री देउवालाई आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरि ज्ञापनपत्र पेश गरेको हो । सो पार्टीले उक्त दिनलाई पर्वका रुपमा मनाउन समेत माग गरेको छ ।