शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी स्थायी कमिटी बैठक सकियो, केहीबेरमा बन्दसत्र सुरु हुँदै

आइतबार, १८ पुस २०७८, १६ : २८
आइतबार, १८ पुस २०७८

नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गतको बन्दसत्र केहीबेरमा सुरु हुँदैछ । ४ बजे सुरु हुने भनिए पनि केहीबेर ढिलो गरी बन्दसत्र सुरु हुन लागेको हो । 

बन्दसत्रका लागि प्रतिनिधिहरू महाधिवेशन हलमा प्रवेश गरिसकेका छन् । अध्यक्ष मण्डलले पार्टीको स्थायी कमिटीको बैठक सकिएको जानकारी प्राप्त भएको र अबको केहीबेरमा पार्टी अध्यक्ष प्रचण्ड हलभित्र प्रवेश गरेलगत्तै बन्द सत्रको कार्यक्रम सुरु हुने जानकारी गराएको छ ।

बन्दसत्र अघि स्थायी कमिटी बैठक बसेको थियो । सो बैठकले केन्द्रीय कमिटीमा रहनेहरुको सूची सहमतिको आधारमा तय गर्ने विषयमा छलफल गरेको छ ।   आजै बन्दसत्रले पार्टीको केन्द्रीय कमिटी चयन गरेर महाधिवेशन नै सक्ने तयारी छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप