काँग्रेस नेतृ आरजु राणा नयाँ दिल्लीमा, बिजेपी महासचिवसँग भेट
प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा भारतको नयाँ दिल्ली पुगेकी छन् । काँग्रेस केन्द्रीय सदस्यसमेत रहेकी राणा अकस्मात दिल्ली पुगेकी हुन् । उनी दिल्ली जानुको प्रयोजनबारे केही खुलाइएको छैन ।
आइतबार काँग्रेस नेतृ राणासँग भारतीय जनता पार्टी (बीजेपी) का महासचिव विजय चौथाइवालेले भेट गरेका छन् । उनले काँग्रेस केन्द्रीय सदस्य राणा व्यक्तिगत कामका लागि नयाँ दिल्ली आएका बेला भेट गरेको जानकारी दिएका छन् ।
प्रधानमन्त्री देउवा पुसको अन्तिम साता भारत भ्रमणमा जाँदैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृह प्रान्त गुजरातमा हुन लागेको कार्यक्रममा सहभागी हुन देउवा भारत भ्रमणमा जाँदैछन् । गुजरातबाटै देउवा नयाँ दिल्ली जाने भएका छन् । प्रधानमन्त्री देउवाको भारत भ्रमण हुनुअघि आरजु राणाको नयाँ दिल्ली भ्रमणलाई अर्थपूर्ण रूपमा लिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण