प्रदीप–कल्याणभन्दा जीवनको वरियता अगाडि किन ?
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनमा पराजित तीन जना नेतालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् । सभापति देउवाले पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीका उम्मेदवार बनेका जीवन शाही, महामन्त्रीका उम्मेदवार प्रदीप पौडेल र सभापतिका प्रत्यासी कल्याण गुरुङलाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् ।
शाही र पौडेल देउवा समूहबाट उम्मेदवार बनेका थिए भने गुरुङले सभापतिमा प्रतिस्पर्धा गरेका थिए । सभापतिमा पहिलो चरणमा पाँचौं स्थानको मत (२२)प्राप्त गरेका थिए । दोस्रो चरणमा गुरुङले देउवालाई समर्थन गरेका थिए ।
देउवाले सभापति र महामन्त्रीको प्रत्यासीभन्दा सहमहामन्त्रीमा पराजित शाहीलाई वरियतामा अगाडि राख्ने संकेत देखाएका छन् । मनोनयनपछि जारी प्रेस विज्ञप्तिमा पौडेल र गुरुङभन्दा शाहीलाई अगाडि राखिएको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री समेत रहेका शाही काँग्रेसको १३ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिमा ३६ औं वरियतामा थिए । यस्तै पौडेल प्रदीप पौडेल ६३ र कल्याण गुरुङ ६४ औं वरियतामा थिए ।
देउवाले केन्द्रीय सदस्यमा मनोनित गर्दा १४ औं महाधिवेशनको उम्मेदवारी भन्दा १३ औं महाधिवेशनको वरियतालाई प्राथमिकता दिएको देखिएको छ । त्यसमा पनि देउवाले शाहीलाई विशेष महत्व दिएको देखिएको छ । उपसभापतिमा पराजित चन्द्र भण्डारी, महेश आचार्य र दिव्येश्वरी शाहलाई पनि मनोनयन गरेका छैनन् ।
त्यस्तै, शेखर कोइराला समूहका महामन्त्री उम्मेदवार मिनेन्द्र रिजाल र विमलेन्द्र निधि समूहका महामन्त्री उम्मेदवार राजाराम कार्कीलाई पनि मनोनयन गरेका छैनन् । तर सहमहामन्त्रीमा पराजित शाही मात्र केन्द्रीय सदस्यमा मनोनित भएका छन् । सहमहामन्त्रीमा पराजित ११ जनामा अहिलेसम्म केन्द्रीय सदस्यमा मनोनित हुने शाही एक्लो हुन् ।
काँग्रेसमा १४ औं महाधिवेशनपछि उपसभापति पूर्णबहादुर खड्काको पजनी अनुसार निर्णय भइरहेको छ । शाहीलाई पनि उपसभापति खड्काकै जोडबलमा केन्द्रीय सदस्यमा मनोनित गरिएको बुझिएको छ । काँग्रेसका एक पदाधिकारीले भने ,‘विधि–विधानभन्दा पनि पूर्णबहादुर खड्का १३ औं महाधिवेशनपछिको शेरबहादुर देउवाको लयमा चल्न खोज्नु भएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण