शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

भारतमा एकैदिन २७ हजार ५५३ जनामा कोरोना संक्रमण

आइतबार, १८ पुस २०७८, १४ : २६
आइतबार, १८ पुस २०७८

भारतमा फेरि कोभिड संक्रमण बढेको छ । आईतबार एकैदिन २७ हजार ५५३ जनामा संक्रमण देखिएको छ । पछिल्लो २४ घन्टामा २८४ जनाको कोभिडका कारण मृत्यु भएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण भारतमा संक्रमितको संख्या दिनहुँ बढेको छ ।

भारतमा अझै पनि एक लाख २२ हजार ८०१ जना सक्रिय संक्रमित छन् ।  देशका प्रमुख सहरमा कोभिडबाट संक्रमितको संख्या बढेको छ ।  दिल्लीमा शनिबार दुई हजार ७१६ जनामा संक्रमण देखिएको छ । यो पछिल्लो सात महिनापछि अहिलेसम्मकै ठूलो संख्या हो ।

त्यस्तै, मुम्बईमा ६ हजार १८० जना नयाँ संक्रमित भेटिएका छन् भने कर्नाटकमा एक हजार ३३ जनामा संक्रमण देखिएको छ । भारतमा ओमिक्रोन संक्रमितको संख्या एक हजार ५२५ पुगेको छ । ओमिक्रोनबाट सबैभन्दा बढी महाराष्ट्र र दिल्ली प्रभावित भएका छन् । नयाँ संक्रमणबाट अहिलेसम्म ५६० जना निको भएका छन् । 

यसैबीच, कोभिड बढेपछि तेलंगनामा नयाँ प्रतिबन्ध लागु गरिएको छ । तेलंगनामा मास्क नलगाउनेलाई एक हजार भारु जरिमाना तोकिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप