काँग्रेसले बोलायो केन्द्रीय समितिको बैठक
आइतबार, १८ पुस २०७८, १४ : १६

नेपाली काँग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ । सोमवार दिउँसो २ः ०० बजे पार्टीको केन्द्रीय कार्यालयमा बैठक बोलाइएको हो । पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र केन्द्रीय सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको जानकारी दिए ।
काँग्रेस सभापति शेरबहादुर देउवाले पहिलो केन्द्रीय समिति बैठकपछि महाधिवेशनमा पराजित तथा निर्वाचनमा उम्मेदवारी नदिएका १३ नेतालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका थिए । मनोनयनसँगै काँग्रेसमा केन्द्रीय समिति सदस्यको संख्या १४८ जना पुगेको छ। विधानमा काँग्रेस केन्द्रीय सदस्य संख्या १६८ हुने व्यवस्था गरिएको छ । बाँकी संख्या मनोनयन हुन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत र अमेरिकाबिच व्यापार सम्झौताको रूपरेखामा सहमति
-
भारत र साउदी अरबबिच अन्तरिक्ष, सञ्चार स्वास्थ्य लगायत क्षेत्रमा महत्त्वपूर्ण सम्झौता
-
वैदेशिक रोजगारी र पेटको समस्या
-
एनआरएनएको एकता महाधिवेशन ६ महिना पर सार्न परराष्ट्रको पत्राचार, सर्वोच्चमा मुद्दा दायर
-
टेस्लाको नाफा घटेपछि डज प्रमुखको जिम्मेवारी घटाउँदैछन् मस्क
-
जबरजस्ती निर्वासन मामिलामा न्यायाधीशले गरे ट्रम्प प्रशासनलाई गाली