सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

‘चोली मैलै भो’ भन्दै भुमिकाले नचाइन् क्यानडाका दर्शक

आइतबार, १८ पुस २०७८, १४ : १३
आइतबार, १८ पुस २०७८

चर्चित लोक गायिका भुमिका गिरीले क्यानडाको दर्शक नचाएकी छन् । अंग्रेजी नयाँ वर्षको अवसर पारेर क्यानडाको ग्र्यान्ड तेज ब्याङ्केट हलमा शनिबार साँझ आयोजित ‘च्यारिटी नेपाल नाइट’ सांगीतिक कार्यक्रममा आफ्ना नयाँ तथा पुराना गीत संगीतबाट दर्शक नचाउन सफल भएकी हुन् ।

‘हङकङको चुरोट गोरखपुरको सलाई’ बोलबाट आफ्नो गायन सुरु गरेकी गिरीले ‘नरिसाउ न कान्छु’, ‘सररर आउ माया मिनिबस चढेर’, ‘चोली  मैलै भो’ लगायत आधा दर्जन गीत प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा उनले प्रस्तुत गरेको अहिलेको हिट गीत ‘चोली  मैलै भो’ मा भने दर्शकले अत्याधिक वान्स मोरको हुटिङ गरेका थिए । नेपाली पहिरन चोली र फरियामा कार्यक्रममा सहभागी उनले नाच्दै गीत प्रस्तुत गर्दा उनीसँगै दर्शक झुमेको देखिन्थ्यो ।

नेपाली तथा क्यानडाको राष्ट्रिय गीतबाट सुरु भएको कार्यक्रम  करिब ६ घन्टा चलेको थियो । स्थानीय कलाकार मोहन राई, रीता बुर्लाकोटी, योङ रक स्टार ‘चिसो चिसो पानी’ लगायतको समेत सांगीतिक प्रस्तुति रहेको कार्यक्रममा स्थानीय कलाकारले गीत, नृत्य र कमेडीको प्रस्तुति राखेका थिए ।

नेपाली क्यानेडियन कल्चर सेन्टर, नेपाल कम्युनिटी नेटवर्क क्यानडाले नेपाल कम्युनिटी हाउस निर्माणार्थ आयोजना गरेको उक्त सांगीतिक कार्यक्रमको ‘नेपाली समुदाय पहिचानको आधार, नेपाल घरको लागि कम्तिमा एक हजार’ नारा रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप