शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

माओवादी केन्द्रको बन्दसत्र सुरु हुँदै, केन्द्रीय कमिटी घोषणा गरिने

आइतबार, १८ पुस २०७८, १४ : ०६
आइतबार, १८ पुस २०७८

नेकपा माअ‍ोवादी केन्द्रको बन्दसत्र केहीबेरमा सुरु हुँदैछ । माओवादी केन्द्रको प्रचारप्रसार उपसमितिका अनुसार आइतबार केहीबेरमै बन्दसत्र सुरु गर्न लागिएको छ । त्यसका लागि अहिले प्रतिनिधिहरू बन्दसत्र हलभित्र प्रवेश गरिसकेका छन् । 

बन्दसत्र अघि स्थायी कमिटी बैठक बसिरहेको छ भने सो बैठकले केन्द्रीय कमिटीमा रहनेहरुको सूची सहमतिको आधारमा तय गर्नेछ ।  स्थायी कमिटी सकिएलगत्तै बन्द सत्र सुरु हुने माओवादीले जनाएको छ । 
आजै बन्दसत्रले पार्टीको केन्द्रीय कमिटी चयन गरेर महाधिवेशन नै सक्ने तयारी छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप