धनुषाको पोर्ताहामा झडप, ३ जना सुरक्षाकर्मी घाइते
आइतबार, १८ पुस २०७८, १४ : ०४
धनुषाको गणेशमान चारनाथ नगरपालिका–८ पोर्ताहास्थित पूर्व पश्चिम राजमार्गमा जनमत पार्टी र प्रहरीको बीचमा झडप भएको छ । जनमत पार्टीले राजमार्ग अवरुद्ध गरेपछि खुलाउन खोज्दा झडप भएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी जितेन्द्र बस्नेतले रातोपाटीलाई बताए ।
झडपमा प्रहरीले १६ सेस अश्रुग्याँस र ११ राउण्ड रबरको गोली प्रहार गरेको छ । रबरको गोली लागेर सिके राउत नेतृत्वको जनमत पार्टीका ४ जना कार्यकर्ता घाइते भएका छन् । आन्दोलनकारीको ढुंगा र लाठी प्रहारबाट दुईजना प्रहरी जवान र सशस्त्र प्रहरीका एकजना जवान घाइते भएका छन् । किसानलाई समयमा मल र बीउ उपलब्ध गराउन माग गर्दै जनमत पार्टीले सडकमा टायर बालेर प्रदर्शन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै