अध्यक्ष प्रचण्डले २९९ केन्द्रीय सदस्यको नाम घोषणा गर्दै
नेकपा माओवादी केन्द्रले २९९ सदस्यीय केन्द्रीय कमिटी सदस्य टुङ्ग्याएको छ । बन्दसत्र सुरु हुनुअघि बसेको पार्टी स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेशबाट आएका सिफारिसका आधारमा २९९ सदस्यीय केन्द्रीय कमिटी सदस्यको नाम टुङ्गिएका जानकारी दिएका हुन् । बैठकपछि स्थायी कमिटी सदस्य गणेश शाहले अब सुरु हुने बन्दसत्रमा अध्यक्ष प्रचण्डले नाम पढेर प्रस्ताव गर्ने जानकारी दिए ।
बन्दसत्रले केन्द्रीय कमिटी सदस्यहरुको नाम अनुमोदन गरेलगत्तै केन्द्रीय कमिटी बैठक बसेर १५ सदस्यीय पदाधिकारी चयन गर्ने शाहको भनाई छ । गत आइतबारबाट सुरु भएको माओवादीको आठौं महाधिवेशनले यसअघि प्रचण्डको राजनीतिक तथा वैचारिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव सुझावसहित पारित गरेको छ । आजै नयाँ नेतृत्व चयन गरेर महाधिवेशन आज आइतबार नै समापन गर्ने माओवादीको तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी